Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

कालिकामाईमा गापा अध्यक्षकाे लागि २५ जनाकाे मनाेनयन दर्ता

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका अध्यक्षकाे लागि २५ जना र उपाध्यक्षकाे लागि ८ जनाले मनाेनयन दर्ता गराएका छन् । गाउँपालिका अध्यक्षकाे लागि विभिन्न राजनीतिक दलबाट  ८ जनासहित २५ जना र उपाध्यक्षकाे लागि राजनीतिक दलबाट ६ जनासहित ८ जनाले मनाेनयन दर्ता गराएकाे निर्वाचन अधिकृत प्रकाश काेइरालाले वताए । 

साेमबार गाउँपालिका अध्यक्षकाे लागि लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)बाट प्रभुलाल प्रसाद चाैरसिया, नेपाली जनता दलबाट दिनेश साह कानु, नेपाल शुसान पार्टीबाट बलराम तिवारी (दिपु), नेपाली कांग्रेसबाट अजय कुमार, नेकपा एमालेबाट राजेश कुमार चाैरसिया, नेकपा माओवादी केन्द्रबाट महिन्द्र राउत कुर्मी र नेपाल जनता पार्टीबाट मधुलाल महताेले मनाेनयन दर्ता गराएकाे निर्वाचन अधिकृत काेइरालाले जानकारी दिए ।

गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट संताेष पंडित कुमाल, विकास कुमार गुप्ता, गाेपाल प्रसाद बरै, राजु प्रसाद यादव, तबरेज खाँ पैठान, तबरेज आलम, संजय चाैहान, ओमप्रकाश प्रसाद तेली, रजाक राउत गद्दी, मंसि साह गाेढ, रामबाबु गिरी, संजय कुमार चाैरसिया, संगिता देवी कुर्मीन, राधेश्याम प्रसाद कुर्मी, प्रभु राउत कुर्मी र दिनेश प्रसाद कुर्मीले मनाेनयन दर्ता गराएका हुन् ।

स्वतन्त्रबाट अधिकांशले प्रतिनिधि बन्नकाे लागि र मतदान केन्द्रमा प्रबेश गर्न पाउने उद्देश्यले मात्र मनाेनयन दर्ता गराएकाे बुझिएकाे छ ।

यस अघि आइतबार नै गाउँपालिका अध्यक्षकाे लागि जनता समाजवादी पार्टी (जसपा)बाट बशिष्ट कुमार र स्वतन्त्रबाट राजेश साह तेली पनि आफ्नाे मनाेनयन दर्ता गराएका थिए ।

गाउँपालिका अध्यक्षकाे लागि दलगत ८ जनासहित २५ जनाकाे मनाेनय दर्ता गराए पनि मुख्य ४ दल बिच नै प्रतिस्पर्धा हुने स्थानियहरुले वताएका छन् । एमाले, कांग्रेस, जसपा र शुसान पार्टीका उम्मेदवार बिच नै प्रतिस्पर्धा हुने स्थानियहरुकाे भनाई छ ।

गाउँपालिका उपाध्यक्षकाे लागि लाेसपाबाट अनिता देवी, एमालेबाट श्रीमति अंशु आनन्द, नेपाली कांग्रेसबाट राजमती बरैनी, सुशासन पार्टीबाट नितु कुमारी, माओवादी केन्द्रबाट मुनि देवी हाजरा, स्वतन्त्रबाट राधाकिशुन प्रसाद बरै र सिला देवी कुशवाहाले मनाेनयन दर्ता गराएका छन् । यस अघि नै आइतबार उपाध्यक्षमा जसपाबाट साेहानी खातनुले पनि मनाेनयन दर्ता गराएकी थिइन ।

यसैगरी जसपाबाट वडाध्यक्षमा वडा नं. १ मा लालबाबु राउत बरै, वडा नं. २ मा ताजिन्द्र साह कलवार, वडा नं. ३ मा संजय कुमार पटेल, वडा नं. ४ मा हरिओम साह कलवार, लाेसपाबाट वडा नं. १ मा रामजित ठाकुर लाेहार, वडा नं. २ मा माओ प्रसाद कुशवाहा, वडा नं. ३ मा राजदेव साह गाेढ, वडा नं. ५ मा अनिता तिवारी, सुशासन पार्टीबाट वडा नं. १ मा टंकराज महताे काेइरी, वडा नं. २ मा सफराज आलम खाँ पैठान, वडा नं. ३ मा दिनेश प्रसाद कुर्मी, वडा नं. ४ मा करिमन साह तेली, वडा नं. ५ मा शिव महताेले मनाेनयन दर्ता गराएका हुन् ।

यसैगरी वडाध्यक्ष मै नेपाली कांग्रेसबाट वडा नं. १ मा संजय प्रसाद, वडा नं. २ मा रामराज प्रसाद चाैरसिया, वडा नं. ३ मा रामशिष प्रसाद बरैई, वडा नं. ४ मा संजय कुमार साह, वडा नं. ५ मा माधाे कुमार चाैहान, नेकपा एमालेबाट वडा नं. १ मा माेतिलाल प्रसाद कुर्मी, वडा नं. २ मा साेनालाल प्रसाद चाैरसिया, वडा नं. ३ मा राजेश प्रसाद कुर्मी, वडा नं. ४ मा जितेन्द्र कुमार गुप्ता, वडा नं. ५ मा हनिफ मियाँ, माओवादी केन्द्रबाट वडा नं. १ मा नरेश राउत कुर्मी, वडा नं. २ मा नेहाल खाँ पैठान, वडा नं. ३ मा अमरदिप पटेल कुर्मीले  मनाेनयन दर्ता गराएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

गाउँपालिका अन्तर्गतकाे ५ वटा वडाकाे वडाध्यक्षकाे लागि १६ जना स्वतन्त्रसहित ४९ जनाले मनाेनयन दर्ता गराएकाे प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...