Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

कालिकामाईमा पहिलाे दिन जसपाकाे मात्र मनाेनयन दर्ता

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकामा आइतबार जनता समाजवदी पार्टी (जसपा)ले मनाेनयन दर्ता गराएकाे छ । जसपाबाट गाउँपालिका अध्यक्षमा बशिष्ट कुमार र उपाध्यक्षमा साेहानी खातुनले मनाेनयन दर्ता गराएका हुन् ।

यसैगरी जसपाबाट नै वडा नं. १ काे वडाध्यक्षमा लालबाबु राउत बरै, वडा नं. २ काे वडाध्यक्षमा ताजिन्द्र साह कलवार, वडा नं. ३ काे वडाध्यक्षमा संजय पटेल र वडा नं. ५ काे वडाध्यक्षमा जयनारायण प्रसाद कुर्मीले मनाेनयन दर्ता गराएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । 

गाउँपालिका अन्तर्गत ५ वटा वडा रहेपनि जसपाले मनाेनयन दर्ता पहिलाे दिन गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ४ वटा वडाकाे मात्र उम्मेदवारी दर्ता गराएकाे हाे । जसपाले बाकी वडा नं. ४ प्रशुरामपुरकाे मनाेनयन दर्ता साेमबार गराउने जनाएकाे छ ।

त्यसैगरी स्वतन्त्रबाट गाउँपालिका अध्यक्षमा राजेश साह तेली र नेकपा एकीकृत समाजवादीबाट वडा नं. २ काे वडाध्यक्षमा दिलिप कुमार कुशवाहाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी विभिन्न वडाका वडा सदस्यहरुमा नरेन्द्र राउत कम्कर, सुरज राउत बरै, सुरेन्द्र कुमार साह, रामनरेश साह कानु, प्रमाेद ठाकुर लाेहार, रामराज प्रसाद चाैरसिया, संजय प्रसाद कुर्मी, रामप्रबेश कुर्मी, मंजित कुमार राउत, सुनिल कुमार साह, जैकिशुन महताेले मनाेनयन दर्ता गराएकाे निर्वाचन अधिकृत प्रकाश काेइराले जानकारी दिए ।

त्यसैगरी महिला वडा सदस्यमा फुलमती देवी विन, श्रीमति उम्रावती देवी, ललिता देवी, प्रमशिला देवी, दलित महिला सदस्यमा रबडी देवी, गायत्री देवी पासवान, चनरजाेतिया दुसादिन, मालती देवी दुसादिन र उषा देवीले मनाेनयन दर्ता गराएकाे अधिकृत काेइरालाले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...