Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

कालिकामाई गापाका कार्यवाहक अध्यक्ष चाैरसिया एमाले प्रबेश

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाँउपालिकाका कार्यवाहक अध्यक्ष राजेश चौरसिया नेकपा एमालेमा प्रवेश गरेका छन् । तत्कालिन संघिय समाजवादी फोरमबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित चौरसिया बिहिबार एमाले प्रबेश गरेका हुन् ।

गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहाकाे निधन पश्चात चाैरसिया कार्यवाहक अध्यक्षकाे जिम्मेवारी सम्माहल्दै आएका छन् । लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) रहेका चाैरसिया लाेसपाबाट नै गाउँपालिका अध्यक्षमा चुनावल लडने तयारीमा थिए । 

वीरगंज मुर्लीस्थित एमालेको सम्पर्क कार्यालयमा बिहिबार एमाले पर्साका नेताहरु चाैरसियालाई पार्टी प्रबेश गराएका हुन् । एमाले प्रदेश कमिटी सदस्य बलिराम साहकाे पहलमा चाैरसिया एमाले पबेश गरेकाे बुझिएकाे छ ।

कालिकामाईमा एमाले र लाेसपा बिच गठबन्धनकाे लागि छलफल भइरहेकाे चर्चा चलेपनि अन्त लाेसपाबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रहेका चाैरसिया एमाले मै प्रबेश गरेका हुन् । एमालेबाट गाउँपालिका अध्यक्षकाे टिकट कन्फर्म भएपछि उनी एमाले प्रबेश गरेकाे चाैरसिया निकटका व्यक्तिहरुले वताएका छन् ।

कार्यवाहक अध्यक्ष चौरसियासंगै लोसपाका वडा नम्बर ३ का वडाध्यक्षका उम्मेदवार राजेश पटेल, नेताहरु भुवाल कुशवाहा, अफरोज आलम, गम्भीरा महतो,ओम पटेल लगायत नेताहरु एमाले प्रवेश गरेकाे वताइएकाे छ ।

नव प्रवेशहरुलाई एमालेका पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, अध्यक्ष जयप्रकाश थारु, प्रदेश कमिटी सदस्य शम्भु गुप्ता, बलिराम साह, गाउँपालिका कमिटी अध्यक्ष अनुप तिवारी,  कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीका वडाध्यक्ष साेनालाल चाैरसिया,  वडा नम्बर ५ का वडाध्यक्ष पवन तिवारी लगायतकाले फुलमाला र अविरकाे टिका लगाई पार्टीमा स्वागत गरेका थिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...