Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

कालिकामाई गापाका कार्यवाहक अध्यक्ष चाैरसिया एमाले प्रबेश

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाँउपालिकाका कार्यवाहक अध्यक्ष राजेश चौरसिया नेकपा एमालेमा प्रवेश गरेका छन् । तत्कालिन संघिय समाजवादी फोरमबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित चौरसिया बिहिबार एमाले प्रबेश गरेका हुन् ।

गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहाकाे निधन पश्चात चाैरसिया कार्यवाहक अध्यक्षकाे जिम्मेवारी सम्माहल्दै आएका छन् । लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) रहेका चाैरसिया लाेसपाबाट नै गाउँपालिका अध्यक्षमा चुनावल लडने तयारीमा थिए । 

वीरगंज मुर्लीस्थित एमालेको सम्पर्क कार्यालयमा बिहिबार एमाले पर्साका नेताहरु चाैरसियालाई पार्टी प्रबेश गराएका हुन् । एमाले प्रदेश कमिटी सदस्य बलिराम साहकाे पहलमा चाैरसिया एमाले पबेश गरेकाे बुझिएकाे छ ।

कालिकामाईमा एमाले र लाेसपा बिच गठबन्धनकाे लागि छलफल भइरहेकाे चर्चा चलेपनि अन्त लाेसपाबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रहेका चाैरसिया एमाले मै प्रबेश गरेका हुन् । एमालेबाट गाउँपालिका अध्यक्षकाे टिकट कन्फर्म भएपछि उनी एमाले प्रबेश गरेकाे चाैरसिया निकटका व्यक्तिहरुले वताएका छन् ।

कार्यवाहक अध्यक्ष चौरसियासंगै लोसपाका वडा नम्बर ३ का वडाध्यक्षका उम्मेदवार राजेश पटेल, नेताहरु भुवाल कुशवाहा, अफरोज आलम, गम्भीरा महतो,ओम पटेल लगायत नेताहरु एमाले प्रवेश गरेकाे वताइएकाे छ ।

नव प्रवेशहरुलाई एमालेका पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, अध्यक्ष जयप्रकाश थारु, प्रदेश कमिटी सदस्य शम्भु गुप्ता, बलिराम साह, गाउँपालिका कमिटी अध्यक्ष अनुप तिवारी,  कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीका वडाध्यक्ष साेनालाल चाैरसिया,  वडा नम्बर ५ का वडाध्यक्ष पवन तिवारी लगायतकाले फुलमाला र अविरकाे टिका लगाई पार्टीमा स्वागत गरेका थिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...