Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

नेकपा एकीकृत समाजवादी पर्सागढीमा गर्जियो

spot_img
spot_img

पर्सागढी । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य कमरेड रामचन्द्र साहले पार्टीमा बिद्रोह गरेर भिन्नै पार्टी निर्माण गर्नुको कारण खडग प्रसाद ओलीको अहमता र डंकार भएको वताएका छन् ।

पर्साकाे पर्सागढी नगरपालिकामा भएकाे चुनावी कार्यक्रमलाई सम्बाेधन गर्दै उनले संबिधानको रक्षा र कम्युनिष्ट पार्टीको अस्तित्व बचाउन पनि आवश्यक समय भएकाले नेकपा एकिकृत समाजवादी पार्टीको जन्म भएको बताउँदै आगामी स्थानीय निर्वाचनमा समाजवाद लक्षित कार्यक्रम गर्न र जनमुखी बिकासको लागि समेत आफ्नो पार्टीमा लाग्न र कलम छापलाई स्थानीय चुनावमा निर्वाचित गराउन आग्रह गरे । 

नेता साहले नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपा एकिकृत समाजवादी प्रवेश गर्ने पर्सागढी नगरपालिका वडा नम्बर ६ निवासी हरीकिशोर प्रसाद साह, रमेश यादव, पन्नालाल साह, राजु यादव, बिरेन्द्र सिह, नन्दु प्रसाद यादव, लालु प्रसाद यादव, मुक्ति यादव, रघुनाथ प्रसाद यादव र मनोहर प्रसाद यादव लगायत १०१ जनालाई टिका लगाएर पार्टी प्रबेस गराएका थिए ।

कार्यक्रममा अर्का वक्त नेकपा एकिकृत समाजवादी पर्सागढी नगर अध्यक्ष तथा मेयर पदका दावेदार सत्यनारायण दास थारुले आगामी स्थानीय निर्वाचनमा आफ्नो पार्टी कलम छापले विजय हासिल गरेमा समाजवादी उन्मुख जनताका आधारभूत समस्यामा टेकेर काम गर्ने प्रतिबद्धता ब्यक्त गरे थिए ।

कार्यक्रममा नवआगन्तुक रमेश यादब र हरी किशोर प्रसाद साहले नेपाली कांग्रेस पार्टीमा बस्दा आफुहरुलाई भोटको बेलामा मात्र प्रयोग गर्ने र अन्य समयमा बेवास्ता गरेकाले असल पार्टी खोज्दै जाँदा नेकपा एकिकृत समाजवादी भएकाले प्रवेश गरेको बताए ।

कार्यक्रम अघि निस्केकाे मोटरसाईकल र्‍याली चैनपुर, बागेश्वरी, रघुनाथपुर, बहुअरी लगायतका क्षेत्रकाे परिक्रमा गर्दै पर्सागढी नगरपालिका वडा नम्बर ६ चैनपुरको बगैंचामा पुगी काेण सभामा परिणत भएको थियो । हरी किशोर प्रसाद साहको अध्यक्षतामा भएकाे सभाकाे नगर कमिटी सचिब रेबिन्द्र बहादुर कार्कीले संचालन गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...