Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेकपा एकीकृत समाजवादी पर्सागढीमा गर्जियो

spot_img
spot_img

पर्सागढी । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य कमरेड रामचन्द्र साहले पार्टीमा बिद्रोह गरेर भिन्नै पार्टी निर्माण गर्नुको कारण खडग प्रसाद ओलीको अहमता र डंकार भएको वताएका छन् ।

पर्साकाे पर्सागढी नगरपालिकामा भएकाे चुनावी कार्यक्रमलाई सम्बाेधन गर्दै उनले संबिधानको रक्षा र कम्युनिष्ट पार्टीको अस्तित्व बचाउन पनि आवश्यक समय भएकाले नेकपा एकिकृत समाजवादी पार्टीको जन्म भएको बताउँदै आगामी स्थानीय निर्वाचनमा समाजवाद लक्षित कार्यक्रम गर्न र जनमुखी बिकासको लागि समेत आफ्नो पार्टीमा लाग्न र कलम छापलाई स्थानीय चुनावमा निर्वाचित गराउन आग्रह गरे । 

नेता साहले नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपा एकिकृत समाजवादी प्रवेश गर्ने पर्सागढी नगरपालिका वडा नम्बर ६ निवासी हरीकिशोर प्रसाद साह, रमेश यादव, पन्नालाल साह, राजु यादव, बिरेन्द्र सिह, नन्दु प्रसाद यादव, लालु प्रसाद यादव, मुक्ति यादव, रघुनाथ प्रसाद यादव र मनोहर प्रसाद यादव लगायत १०१ जनालाई टिका लगाएर पार्टी प्रबेस गराएका थिए ।

कार्यक्रममा अर्का वक्त नेकपा एकिकृत समाजवादी पर्सागढी नगर अध्यक्ष तथा मेयर पदका दावेदार सत्यनारायण दास थारुले आगामी स्थानीय निर्वाचनमा आफ्नो पार्टी कलम छापले विजय हासिल गरेमा समाजवादी उन्मुख जनताका आधारभूत समस्यामा टेकेर काम गर्ने प्रतिबद्धता ब्यक्त गरे थिए ।

कार्यक्रममा नवआगन्तुक रमेश यादब र हरी किशोर प्रसाद साहले नेपाली कांग्रेस पार्टीमा बस्दा आफुहरुलाई भोटको बेलामा मात्र प्रयोग गर्ने र अन्य समयमा बेवास्ता गरेकाले असल पार्टी खोज्दै जाँदा नेकपा एकिकृत समाजवादी भएकाले प्रवेश गरेको बताए ।

कार्यक्रम अघि निस्केकाे मोटरसाईकल र्‍याली चैनपुर, बागेश्वरी, रघुनाथपुर, बहुअरी लगायतका क्षेत्रकाे परिक्रमा गर्दै पर्सागढी नगरपालिका वडा नम्बर ६ चैनपुरको बगैंचामा पुगी काेण सभामा परिणत भएको थियो । हरी किशोर प्रसाद साहको अध्यक्षतामा भएकाे सभाकाे नगर कमिटी सचिब रेबिन्द्र बहादुर कार्कीले संचालन गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...