Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

वीरगंजमा नेकपा एसकाे माेटरसाइकल र्‍याली

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १४ पिपरामा शनिबार नेकपा एकीकृत समाजवादीले माेटरसाइकल र्‍याली निकालेकाे छ । सानो पिपराबाट शुरू भएकाे माेटरसाइकल र्‍याली मुस्लिम टोल बहुअरि, तीन टोलिया, ठुलो पिपरा, नयाँ बस्ती, पटेल चौक, आवास क्षेत्रकाे परिक्रममा गर्दै सम्पन्न भएकाे थियाे ।

चुनाव प्रचारकाे लागि सयौंको सहभागितामा वडा स्तरिय माेटरसाइकल र्‍याली निकालिएकाे निर्वाचन परिचालन प्रचार प्रसार समितिका संयोजक अनिल पटेलले वताए ।

र्‍याली पश्चात संयाेजक पटेकाे अध्यक्षतामा भएकाे काेण सभामा पार्टीका जिल्ला इन्चार्ज रामचन्द्र साह, जिल्ला अध्यक्ष बाल गोपाल थापा, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, युवा संघ नेपालका पावन पटेल, नरेन्द्र पटेल, प्रताप पटेल, धर्मेन्द्र पटेल, वडाध्यक्षका उम्मेदबार मुकेश पटेल, रामबालक पटेल, मदन कुर्मी, द्वारिका श्रीवास्तव, राज श्रीवास्तव, रामविनेश पटेल, मनोज शर्मा, प्रहलाद कोइराला, चोकट कुर्मी लगयात्को सहभागिता रहेको थियो ।

काेण सभामा वाेल्ने वक्ताहरुले अगामी निर्वाचनमा नेकपा एकीकृत समाजवादीकाे चुनाव चिन्ह कलम छापमा मतदान गरी विजयी गराउन आग्रह गरेका थिए । वक्ताहरुले गठबन्धन नभएपनि एकीकृत समाजवादी पार्टी वीरगंजमा एकलै चुनाव लडने वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...