Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

वीरगंजमा नेकपा एसकाे माेटरसाइकल र्‍याली

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १४ पिपरामा शनिबार नेकपा एकीकृत समाजवादीले माेटरसाइकल र्‍याली निकालेकाे छ । सानो पिपराबाट शुरू भएकाे माेटरसाइकल र्‍याली मुस्लिम टोल बहुअरि, तीन टोलिया, ठुलो पिपरा, नयाँ बस्ती, पटेल चौक, आवास क्षेत्रकाे परिक्रममा गर्दै सम्पन्न भएकाे थियाे ।

चुनाव प्रचारकाे लागि सयौंको सहभागितामा वडा स्तरिय माेटरसाइकल र्‍याली निकालिएकाे निर्वाचन परिचालन प्रचार प्रसार समितिका संयोजक अनिल पटेलले वताए ।

र्‍याली पश्चात संयाेजक पटेकाे अध्यक्षतामा भएकाे काेण सभामा पार्टीका जिल्ला इन्चार्ज रामचन्द्र साह, जिल्ला अध्यक्ष बाल गोपाल थापा, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, युवा संघ नेपालका पावन पटेल, नरेन्द्र पटेल, प्रताप पटेल, धर्मेन्द्र पटेल, वडाध्यक्षका उम्मेदबार मुकेश पटेल, रामबालक पटेल, मदन कुर्मी, द्वारिका श्रीवास्तव, राज श्रीवास्तव, रामविनेश पटेल, मनोज शर्मा, प्रहलाद कोइराला, चोकट कुर्मी लगयात्को सहभागिता रहेको थियो ।

काेण सभामा वाेल्ने वक्ताहरुले अगामी निर्वाचनमा नेकपा एकीकृत समाजवादीकाे चुनाव चिन्ह कलम छापमा मतदान गरी विजयी गराउन आग्रह गरेका थिए । वक्ताहरुले गठबन्धन नभएपनि एकीकृत समाजवादी पार्टी वीरगंजमा एकलै चुनाव लडने वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...