Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

माओवादी केन्द्र पर्साकाे कार्यालयमा ताेडफाेड

spot_img
spot_img

वीरगंज । नेकपा माओवादी केन्द्र पर्साकाे पार्टी कार्यालयमा ताेडफाेड भएकाे छ । वीरगंजकाे राधेमाईस्थित रहेकाे माओवादी केन्द्र  जिल्ला समन्वय समिति पर्साकाे कार्यालयमा पार्टी कै कार्यकर्ताहरुले आज दिउसाे  ताेडफाेड गरेका हुन् ।

माओवादी कार्यकर्ताहरुकाे एक समुहले आज दिउसाे एक्कासी कार्यालयमा पुगी कुर्सी, टेबुल ताेडफाेड गर्नुकाे साथै कार्यालयमा तालाबन्दी गरेका छन् ।

कार्यालय स्थल मै फेला परेकाे ध्यानाकर्षण पत्रमा गठबन्धनकाे बिषयमा पालिका र वडा स्तरमा कुनै सरसल्लाह नगरी एक्लै-एक्लै गठबन्धनकाे बहानामा पार्टीका इमानदार नेता कार्यकर्ताकाे राजनीतिक हत्या गर्न खाेजिएकाे, कार्यालय र पार्टीकाे नाममा ठाउँ-ठाउँमा  चन्दा मागी आफ्नाे व्यक्तिगत खर्च जिल्ला पदाधिकारीले चलाइरहेकाे लेखिएकाे छ ।

यस्तै साे ध्यानाकर्षण पत्रमा जिल्ला संयाेजक र सचिवले यथासिघ्र राजीनामा दिनु पर्ने, प्रदेश कमिटीमा सिफारिस जस्ता महत्वपूर्ण कामहरु एक्लै निर्णय गर्दै लेटर प्याडकाे भरपुर दुरुपयाेग गरिएकाे, बजार र पार्टीका इमान्दार कार्यकर्तासंग दलाली गर्न खाेज्ने भ्रष्ट पार्टी संयाेजक र सचिवले निरन्तर पार्टीकाे गरिमा खस्काएकाे र वाइसिएल संयाेजक सिफारिस गर्दा कुनै पालिकामा सर सल्लाह नगरी नवआगान्तुकलाई आर्थिक लाेभमा पारी जिल्ला समन्वय समितिकाे नामबाट सिफारिस गरेकाे उल्ले गरिएकाे छ ।

साे ध्यानाकर्षण पत्रमा तल पार्टीकाे सम्पूर्ण इमान्दार नेता तथा कार्यकर्ता पनि लेखिएकाे छ । पार्टीकाे जिल्ला समन्वय समितिकाे कार्यालयमा पार्टी कै नेता तथा कार्यकर्ताद्वारा ताेडफाेड हुनुले पार्टी भित्रकाे असन्तुष्टि देखिएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...