Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

लागु औषधसहित शेर्पा पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले लागु औषधसहित एक जनालाई नियन्त्रणमा लिएकाे छ । प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले जिल्ला दोलखा जिरी नगरपालिका वडा नं. ७ निवासी २४ बर्षिय बाङचुङ शर्पालाई पक्राउ गरेकाे हाे ।

विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ बसपार्कबाट साेमबार दिउसाे २:१५ बजे शंकाष्पदरूपमा पैदल हिंडिरहेका शेर्पाले बोकेको झोला चेकजाँच गर्दा कालो प्लाष्टिकमा लुकाइछिपाई ल्याएको लागु औषध बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

शेर्पाकाे साथबाट DIAZEPAM १२८ एम्पुल, NOOPHIN २८ एम्पुल, PHENERGAN १२६ एम्पुल र BUPRENORPHINE १०० एम्पुल गरी जम्मा ३८२ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उल्लेखित लागु औषध बरामद गरी निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रवक्ता खनालले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...