Date
बुध, असार २४, २०८३
Wed, July 8, 2026

नेकपा एस निकट प्रगतिशिल शिक्षक संगठन पर्सा गठन

spot_img
spot_img

वीरगंज । नेकपा एकीकृत समाजवादी निकट प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन पर्सा जिल्ला कमिटी गठन भएको छ । वीरगंजकाे विर्तामा रहेकाे त्रिजुद्ध माध्यमिक विद्यालयकाे सभाहलमा शनिबार भएकाे प्रगतिशिल शिक्षकहरुको भेलाले रामाकान्त औझैयाको अध्यक्षतामा केही सदस्य थप्ने गरी २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हाे ।

नव गठित कमिटीको उपाध्यक्षमा रामजी चौहान, महिला उपाध्यक्षमा कविता फुँयाल, सचिवमा चन्द्रमोहन प्रसाद चौरसिया, सह सचिवमा ममता चौधरी, कोषाध्यक्षमा असेश्वर यादव, सह–कोषाध्यक्षमा निरमाया आले, सदस्यहरुमा रामबच्चन चौरसिया, प्रेम प्रसाद, सम्पत यादव लगायतका सर्वसहमत चयन भएका छन् ।

गोपिचन्द यादवको सभापतित्वमा भएकाे भेलामा नेकपा एकिकृत समाजवादीका केन्द्रिय सचिव नागेन्द्र चौधरी, पाेलिट ब्युराे सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह, पाेलिट ब्यराे सदस्य एवं वीरगंज महानगरका इन्चार्ज चिरञ्जिवी आचार्य, केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापा, समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेशका अध्यक्ष बृजलाल पासवान, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष मनोज पटेल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा वाेल्ने वक्ताहरुले शिक्षकहरुको पेशागत विकास, सुरक्षा तथा हक अधिकारका लागि देशका सबै शिक्षकहरु प्रगतिशिल राष्ट्रिय शिक्षक संगठनमा गोलबद्ध हुन आग्रह गरे । पछिल्लो समयमा शिक्षकहरुको मनोभावना गिराउने काम स्थानीय सरकारले गरेको चर्चा गर्दै देशको भविष्य कोर्ने भावी पुस्तालाई बाटो देखाउने काम गर्दै आएका शिक्षकहरु उपर कुनै किसिमको अनावश्यक दबाब श्रृजना गरिए सिंगो नेकपा एकिकृत समाजवादी पार्टी शिक्षकहरुको पक्षमा उभिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा सडक विस्तार अभियान तीव्र, बुधबार पनि डोजर सञ्चालन

वीरगंज । वीरगंजकाे मुख्य सडक विस्तार अभियान अन्तर्गत बुधबार पनि डोजर सञ्चालन गरिएको छ । अभियानको तेस्रो दिन मुर्ली चोकदेखि जिल्ला प्रहरी कार्यालयसम्मका सडकका...

वीरगंजलाई सफा र अतिक्रमणमुक्त बनाउन ‘एक्सन टिम’ गठन, सरफुद्दिन मियाँलाई नेतृत्व

वीरगंज । वीरगंज महानगरपालिकाले सहरलाई सफा, सुन्दर, हराभरा तथा व्यवस्थित बनाउने उद्देश्यले गठन गरेको ‘एक्सन टिम’को नेतृत्व सरसफाइ प्रमुख सरफुद्दिन मियाँलाई जिम्मा दिएको छ...

इन्टर्याक्ट क्लबका नवनिर्वाचित पदाधिकारीलाई नेतृत्व प्रशिक्षण

वीरगंज । इन्टर्याक्ट क्लब अफ मिनिल्याण्ड स्कुलले शैक्षिक सत्र २०२६–२७ का लागि नवनिर्वाचित पदाधिकारीहरूको नेतृत्व क्षमता, व्यवस्थापन सीप तथा सेवामूलक कार्यप्रतिको प्रतिबद्धता अभिवृद्धि गर्ने...