Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

अध्यक्ष मेहता र वडाध्यक्ष चाैहानसहित ३ सय जना कांग्रेस प्रबेश

spot_img
spot_img

वीरगंज । पर्साको पकहा मैनपुर गाउँपालिकामा शुक्रबार नेपाली काङ्ग्रेसको बृहत पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. २ मधुवनीमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र पकहा मैनपुर गाउँपालिका कमिटीका अध्यक्ष सुरेश मेहतासहित विभिन्न पार्टी परित्याग गरी दुई सय जना भन्दा बढी कांग्रेशमा प्रबेश गरेका छन् ।

गत बर्षको निर्वाचनमा माओवादीबाट गाउँपालिका अध्यक्षमा चुनाव लडेका मेहता गाउँपालिका अध्यक्ष विजय चौरसियाबाट झिनो मतान्तरले पराजित भएका थिए । अगामी निर्वाचनमा कांग्रेसबाट चुनाव लडने मेहताको तयारी छ ।

मेहतासंगै जनता समाजवादी पार्टी पकहा मैनपुर गाउँपालिका समितिका अध्यक्ष विनोद मेहता, माओवादी गाउँपालिका कमिटीका सचिव संजय चौहान, लतिफ मियाँ, साविक गाविस सुर्जाहाका पूर्व गाविस अध्यक्ष शिवनाथ महतो, विन्दुभुषण साह लगायतकाले पार्टी प्रबेश गरेका हुन् । गत बर्षकाे निर्वाचनमा तत्कालिन संघिय समाजवादी फाेरमबाट विनाेद मेहता वडाध्यक्षमा चुनाव लडेका थिए  ।

यसैगरी सोही कार्यक्रममा पोखरिया नगरपालिका वडा नं. ६ श्रीसियाका वडाध्यक्ष सियानन्द प्रसाद चौहान पनि पार्टी प्रबेश गरेकाे नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ३ का सभापति श्रीकिशुन चौहानले जानकारी दिए । वडाध्यक्ष चाैहान संगै चानजित बैठा, इनरदेव यादव, शिवनारायण यादव, संताेष यादव, हरि राम, बिरेन्द्र महताे, अवधेश साह, अमरदेव राम लगायतकाले एक सय जनाले प्रबेश गरेकाे सभापति चाैहानले वताए ।

पकहा मैनपुर गाउँपालिका समितिका अध्यक्ष हरि चौहानको अध्यक्षतामा भएको कार्यक्रममा नवप्रबेशी सबै जनालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, पूर्व केन्द्रिय सदस्य सुरेन्द्र चौधरी, जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, मधेश प्रदेशका खानेपानी तथा उर्जा बिकास मन्त्री ओमप्रकाश शर्मा, नेपाली कांग्रेस पर्सा उपसभापतिद्वय रामनारायण कुर्मी, अशाेक कुमार गुप्ता, प्रवक्ता रमेश पाण्डे लगायतकाले फुल माला र अविरको टिका लगाएर पार्टीमा स्वागत गरेका थिए भने कार्यक्रमकाे संचालन जिल्ला सदस्य ललन द्विवेदीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...