Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

अध्यक्ष मेहता र वडाध्यक्ष चाैहानसहित ३ सय जना कांग्रेस प्रबेश

spot_img
spot_img

वीरगंज । पर्साको पकहा मैनपुर गाउँपालिकामा शुक्रबार नेपाली काङ्ग्रेसको बृहत पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. २ मधुवनीमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र पकहा मैनपुर गाउँपालिका कमिटीका अध्यक्ष सुरेश मेहतासहित विभिन्न पार्टी परित्याग गरी दुई सय जना भन्दा बढी कांग्रेशमा प्रबेश गरेका छन् ।

गत बर्षको निर्वाचनमा माओवादीबाट गाउँपालिका अध्यक्षमा चुनाव लडेका मेहता गाउँपालिका अध्यक्ष विजय चौरसियाबाट झिनो मतान्तरले पराजित भएका थिए । अगामी निर्वाचनमा कांग्रेसबाट चुनाव लडने मेहताको तयारी छ ।

मेहतासंगै जनता समाजवादी पार्टी पकहा मैनपुर गाउँपालिका समितिका अध्यक्ष विनोद मेहता, माओवादी गाउँपालिका कमिटीका सचिव संजय चौहान, लतिफ मियाँ, साविक गाविस सुर्जाहाका पूर्व गाविस अध्यक्ष शिवनाथ महतो, विन्दुभुषण साह लगायतकाले पार्टी प्रबेश गरेका हुन् । गत बर्षकाे निर्वाचनमा तत्कालिन संघिय समाजवादी फाेरमबाट विनाेद मेहता वडाध्यक्षमा चुनाव लडेका थिए  ।

यसैगरी सोही कार्यक्रममा पोखरिया नगरपालिका वडा नं. ६ श्रीसियाका वडाध्यक्ष सियानन्द प्रसाद चौहान पनि पार्टी प्रबेश गरेकाे नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ३ का सभापति श्रीकिशुन चौहानले जानकारी दिए । वडाध्यक्ष चाैहान संगै चानजित बैठा, इनरदेव यादव, शिवनारायण यादव, संताेष यादव, हरि राम, बिरेन्द्र महताे, अवधेश साह, अमरदेव राम लगायतकाले एक सय जनाले प्रबेश गरेकाे सभापति चाैहानले वताए ।

पकहा मैनपुर गाउँपालिका समितिका अध्यक्ष हरि चौहानको अध्यक्षतामा भएको कार्यक्रममा नवप्रबेशी सबै जनालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, पूर्व केन्द्रिय सदस्य सुरेन्द्र चौधरी, जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, मधेश प्रदेशका खानेपानी तथा उर्जा बिकास मन्त्री ओमप्रकाश शर्मा, नेपाली कांग्रेस पर्सा उपसभापतिद्वय रामनारायण कुर्मी, अशाेक कुमार गुप्ता, प्रवक्ता रमेश पाण्डे लगायतकाले फुल माला र अविरको टिका लगाएर पार्टीमा स्वागत गरेका थिए भने कार्यक्रमकाे संचालन जिल्ला सदस्य ललन द्विवेदीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...