Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

पाेखरीयामा छात्रवृती वितरण र पुस्तकालयलाई पुस्तक सहयाेग

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरीया नगरपालिकाकी उपप्रमुख सल्मा खातुनले पाेखरीया पुस्तकालयलाई रु. १ लाख बराबरकाे किताब हस्तान्तरण गरेकी छन् । विगत केही वर्षदेखि सञचालित साे पुस्तकालयमा नगरपालिकाबाट समसामयिक आवश्यकता अनुसारकाे किताब बिहिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेकी हुन् ।

पुस्तकालयमा पढ्न आउने विद्यार्थीहरुलाई पढाइमा सहयाेग हुने किसिमका पुस्तकहरूकाे अभाव भएकाे जानकारी गराएपछि उप प्रमुख खातुनले आवश्यक समपूर्ण पुस्तकहरु उपलब्ध गराएकी पुस्तकालयमा कार्यरत सुजित चाैहानले जानकारी दिए ।

यसैगरी उपमेयर छात्रवृत्ति कार्यक्रम अन्तर्गत पाेखरीया नगरपालिकाका ९ जना विध्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएकाे छ ।

साे कार्यक्रम अन्तर्गत नगरपालिकाका सामुदाियक विद्यालयबाट कक्षा १०, ११ र १२ बाट उत्कृष्ट नम्बर ल्याइ उतीर्ण भएका ३/३ जना विद्यार्थीलाई उच्च शिक्षा प्राप्त गर्न सहज हाेस् भनी तथा पढाइमा प्रतिस्पर्धात्मक पद्धति विकास गर्ने उद्दश्यका साथ छात्रवृत्ति दिने व्यवस्था गरिएकाे उपमेयर सल्मा खातुनले जानकारी दिइन ।

उप मेयर खातुनले नगर स्तरीय बजेटबाट छुट्याएकी रु ३ लाखबाट छात्रबृती वितरण गरिएकाे वताइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...