Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

पाेखरीयामा छात्रवृती वितरण र पुस्तकालयलाई पुस्तक सहयाेग

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरीया नगरपालिकाकी उपप्रमुख सल्मा खातुनले पाेखरीया पुस्तकालयलाई रु. १ लाख बराबरकाे किताब हस्तान्तरण गरेकी छन् । विगत केही वर्षदेखि सञचालित साे पुस्तकालयमा नगरपालिकाबाट समसामयिक आवश्यकता अनुसारकाे किताब बिहिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेकी हुन् ।

पुस्तकालयमा पढ्न आउने विद्यार्थीहरुलाई पढाइमा सहयाेग हुने किसिमका पुस्तकहरूकाे अभाव भएकाे जानकारी गराएपछि उप प्रमुख खातुनले आवश्यक समपूर्ण पुस्तकहरु उपलब्ध गराएकी पुस्तकालयमा कार्यरत सुजित चाैहानले जानकारी दिए ।

यसैगरी उपमेयर छात्रवृत्ति कार्यक्रम अन्तर्गत पाेखरीया नगरपालिकाका ९ जना विध्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएकाे छ ।

साे कार्यक्रम अन्तर्गत नगरपालिकाका सामुदाियक विद्यालयबाट कक्षा १०, ११ र १२ बाट उत्कृष्ट नम्बर ल्याइ उतीर्ण भएका ३/३ जना विद्यार्थीलाई उच्च शिक्षा प्राप्त गर्न सहज हाेस् भनी तथा पढाइमा प्रतिस्पर्धात्मक पद्धति विकास गर्ने उद्दश्यका साथ छात्रवृत्ति दिने व्यवस्था गरिएकाे उपमेयर सल्मा खातुनले जानकारी दिइन ।

उप मेयर खातुनले नगर स्तरीय बजेटबाट छुट्याएकी रु ३ लाखबाट छात्रबृती वितरण गरिएकाे वताइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...