Date
बिहि, असार २५, २०८३
Thu, July 9, 2026

नपत्याउने खाेलाले बगाउँन्छ : सचिव चाैधरी

spot_img
spot_img

वीरगंज । नेकपा एकीकृत समाजवादीका सचिव नागेन्द्र चाैधरीले अगामी निर्वाचनमा प्रतिगनलाई हराउने हाम्राे मुख्य प्रयास रहने वताएका छन् । पार्टी निकटका समाजवादी प्रेस संगठन नेपाल पर्सामा आवद्ध पत्रकारहरुसंग बिहिबार वीरगंजमा अन्तरक्रिया गर्दै नेता चाैधरीले अगामी निर्वाचनमा देशभर गठबन्धन हुने निश्चित रहेकाे वताए ।

स्थानिय तह निर्वाचनदेखी प्रदेश र प्रतिनिधि सभा निर्वाचन सम्म सतारुढ ५ दल बिच देशभर गठबन्धन हुने निश्चित रहेकाे वताउँदै उनले गठबन्धनकाे माेडलिटीकाे बारेमा शिर्ष नेताहरु बिच छलफल जारी रहेकाे वताए । प्रतिगमन विरुद्धकाे गठबन्धनले प्रतिगमनकारी केपी शर्मा ओली नेतृत्वकाे नेकपा एमालेलाई हराउने र देशभर नै गठबन्धन विजयी हुने नेता चाैधरीले वताए ।

पूर्व मन्त्रि समेत रहेकाे नेता चाैधरीले पार्टीकाे सन्दर्भमा कुरा राख्दै नपत्याउने खाेलाले बगाउने वताए । नेकपा एकीकृत समाजवादीलाई नपत्याउनेहरुले स्थानिय तह निर्वाचनकाे नतिजापछि पत्याउने उनकाे भनाई थियाे । 

उदाहरणकाे लागि भ्रखर सम्पन्न नेपाल बार एशाेसिएशन केन्द्रिय कार्य समिति निर्वाचनलाई प्रस्तुत गर्दै देशभर नै प्रतिगनकारीहरु साफ भएकाे वताए ।

समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पाेलिट व्युराे एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह, पाेलिट ब्युराे सदस्य चिरन्जिवी अचार्य, पर्सा जिल्ला अध्यक्ष बालगाेपाल थापा, वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य एवम् मधेश प्रदेशका अध्यक्ष बृजलाल पासवान, केन्द्रिय सदस्य एवम् केन्द्रिय प्रचार विभागका सदस्य राघव साह, रेविन्द्र कार्की लगायतकाले आ आफ्नाे धारण राखेका थिए ।

वीरगंजकाे भारतिय दुतावास नजिक रहेकाे समाजवादी प्रेस संगठनकाे सम्पर्क कार्यालयमा भएकाे कार्यक्रमकाे संचालन समाजवादी प्रेस संगठनका सचिव अजय चाैरसियाले गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा सडक विस्तार अभियान तीव्र, बुधबार पनि डोजर सञ्चालन

वीरगंज । वीरगंजकाे मुख्य सडक विस्तार अभियान अन्तर्गत बुधबार पनि डोजर सञ्चालन गरिएको छ । अभियानको तेस्रो दिन मुर्ली चोकदेखि जिल्ला प्रहरी कार्यालयसम्मका सडकका...

वीरगंजलाई सफा र अतिक्रमणमुक्त बनाउन ‘एक्सन टिम’ गठन, सरफुद्दिन मियाँलाई नेतृत्व

वीरगंज । वीरगंज महानगरपालिकाले सहरलाई सफा, सुन्दर, हराभरा तथा व्यवस्थित बनाउने उद्देश्यले गठन गरेको ‘एक्सन टिम’को नेतृत्व सरसफाइ प्रमुख सरफुद्दिन मियाँलाई जिम्मा दिएको छ...

इन्टर्याक्ट क्लबका नवनिर्वाचित पदाधिकारीलाई नेतृत्व प्रशिक्षण

वीरगंज । इन्टर्याक्ट क्लब अफ मिनिल्याण्ड स्कुलले शैक्षिक सत्र २०२६–२७ का लागि नवनिर्वाचित पदाधिकारीहरूको नेतृत्व क्षमता, व्यवस्थापन सीप तथा सेवामूलक कार्यप्रतिको प्रतिबद्धता अभिवृद्धि गर्ने...