Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

ठोरीमा एमाले र माओवादी त्यागेर ४० जना कांग्रेस प्रवेश

spot_img
spot_img
वीरगंज । ठोरी गाउँपालिकाको वडा नम्बर १ मा विभिन्न पार्टी परित्याग गरी ४० जना भन्दा बढी कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेसले अघि सारेको विकासका योजना “स्मार्ट ठोरी” र उसका उम्मेद्वारको सक्षमतालाई हेरेर आफूहरु एमाले र माओवादी त्यागेर कांग्रेस प्रवेश गरेको भगवाननगरका युवा सन्तु कुवँरले वताए ।
 
एमाले र माओवादीले ठोरीको विकासका लागि कुनै काम नै गर्न नसकेको भन्दै यहाँको विकास र समृद्धिका लागि कांग्रेस नै चाहिएको बुझेर आफूहरुले कांग्रेस रोजेको समाजसेवी आशबहादुर गुरुङले वताए । भगवाननगरमा मंगलबार आयोजित कार्यक्रमकाबीच नवप्रवेशीहरुलाई पार्टी प्रवेश गराउँदै कांग्रेसका मधेस प्रदेशका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठले ठोरीमा विकासको मुल फुटाउई स्मार्ट ठोरी बनाउने महान लक्ष्य भएकोले सबैलाई कांग्रेसमा गोलबद्ध हुन आह्वान गरे ।
 
शिक्षा, स्वास्थ्य, व्यवसायीक कृषि, खानेपानी, सडक लगायतका सेवाको सहज उपलब्धताका लागि योजना बनाएरै आफूहरु जनताका माझमा आएको भन्दै उनले योजनाअनुरुप काम गर्ने ठाउँमा पुर्याउन आफ्नो अमूल्य मत दिएर सहयोग गर्न आग्रह गरे ।
 
कार्यक्रममा समाजसेवी आशबहादुर गुरुङ, युवा सन्तु कुवँर लगायतको नेतृत्वमा भगवाननगरका ४० जना भन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई मधेस प्रदेशका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, वडा नम्बर १ का वडाध्यक्षका उम्मेद्वार नवराज फुयाँल लगायतले खादा र अविरकाे टिका लगाएर पार्टी प्रवेश गराएका थिए ।
 
पार्टी प्रवेश गर्नेमा कमानसिंह विक, रेनिशा थापा, विमल विष्ट, रेनु मगर, सनम कुवँर, मञ्जु कुवँर, गोपीचन्द्र झिरेली, पवित्रा थापा, रेखा राना मगर, रामबहादुर मगर लगायतका रहेका छन् ।
 
कांग्रेसका वडा सभापति तिलकबहादुर रिमालको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर १ का वडा सदस्यका उम्मेद्वारहरु होममाया थापा, राममाया वि.क, डबलबहादुर मगर, रमेश विष्ट, कांग्रेस गाउँकमिटि सदस्य धर्मेन्द्र कलवार, रविन तिमल्सिना, भक्तबहादुर ताङनामी लगायतको सहभागिता रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...