Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

ठोरीमा एमाले र माओवादी त्यागेर ४० जना कांग्रेस प्रवेश

spot_img
spot_img
वीरगंज । ठोरी गाउँपालिकाको वडा नम्बर १ मा विभिन्न पार्टी परित्याग गरी ४० जना भन्दा बढी कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेसले अघि सारेको विकासका योजना “स्मार्ट ठोरी” र उसका उम्मेद्वारको सक्षमतालाई हेरेर आफूहरु एमाले र माओवादी त्यागेर कांग्रेस प्रवेश गरेको भगवाननगरका युवा सन्तु कुवँरले वताए ।
 
एमाले र माओवादीले ठोरीको विकासका लागि कुनै काम नै गर्न नसकेको भन्दै यहाँको विकास र समृद्धिका लागि कांग्रेस नै चाहिएको बुझेर आफूहरुले कांग्रेस रोजेको समाजसेवी आशबहादुर गुरुङले वताए । भगवाननगरमा मंगलबार आयोजित कार्यक्रमकाबीच नवप्रवेशीहरुलाई पार्टी प्रवेश गराउँदै कांग्रेसका मधेस प्रदेशका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठले ठोरीमा विकासको मुल फुटाउई स्मार्ट ठोरी बनाउने महान लक्ष्य भएकोले सबैलाई कांग्रेसमा गोलबद्ध हुन आह्वान गरे ।
 
शिक्षा, स्वास्थ्य, व्यवसायीक कृषि, खानेपानी, सडक लगायतका सेवाको सहज उपलब्धताका लागि योजना बनाएरै आफूहरु जनताका माझमा आएको भन्दै उनले योजनाअनुरुप काम गर्ने ठाउँमा पुर्याउन आफ्नो अमूल्य मत दिएर सहयोग गर्न आग्रह गरे ।
 
कार्यक्रममा समाजसेवी आशबहादुर गुरुङ, युवा सन्तु कुवँर लगायतको नेतृत्वमा भगवाननगरका ४० जना भन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई मधेस प्रदेशका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, वडा नम्बर १ का वडाध्यक्षका उम्मेद्वार नवराज फुयाँल लगायतले खादा र अविरकाे टिका लगाएर पार्टी प्रवेश गराएका थिए ।
 
पार्टी प्रवेश गर्नेमा कमानसिंह विक, रेनिशा थापा, विमल विष्ट, रेनु मगर, सनम कुवँर, मञ्जु कुवँर, गोपीचन्द्र झिरेली, पवित्रा थापा, रेखा राना मगर, रामबहादुर मगर लगायतका रहेका छन् ।
 
कांग्रेसका वडा सभापति तिलकबहादुर रिमालको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर १ का वडा सदस्यका उम्मेद्वारहरु होममाया थापा, राममाया वि.क, डबलबहादुर मगर, रमेश विष्ट, कांग्रेस गाउँकमिटि सदस्य धर्मेन्द्र कलवार, रविन तिमल्सिना, भक्तबहादुर ताङनामी लगायतको सहभागिता रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चोरीको मोटरसाइकलसहित रौतहटका २५ वर्षीय युवक भारतमा पक्राउ

वीरगंज । चोरी भएको मोटरसाइकल लिएर भारत पुगेका रौतहटका एक युवकलाई भारतीय प्रहरीले बिहारको मोतीहारी जिल्लाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका–बलुवा गाउँका...

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

अबुजा/एपी । ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा...

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको...