Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सा जिल्ला भ्रमबाट मुक्त भएकाे छ : अध्यक्ष ओली

spot_img
spot_img

वीरगंज । नेकपा एमाले पर्साले मंगलबार वीरगंजमा आयाेजना गरेकाे बृहत जनसभा तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजकाे घण्टाघरस्थित बि.पी.उद्यानमा आयोजना गरिएको कार्यक्रममा पर्साकाे धाेबिनी गाउँपालिकाका उपाध्यक्ष पारस कुर्मी, सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष फूमती देवी थरुइन, बहुदरमाई नगरपालिकाकी उप प्रमुखमा गायत्री देवी यादवले एमाले प्रबेश गरेका छन् ।

उपाध्यक्ष कुर्मी र थरुइन तत्कालिन संघिय समाजवादी फाेरम नेपालबाट र उप प्रमुख यादव नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

 यसैगरी कार्यक्रममा साविककाे बिश्रमपुर गाविसका पूर्व अध्यक्ष राजदेव यादव, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भदइ मिया, साविकको गादी गाविसका उपाध्यक्ष केशर बहादुरअ आले, हरिन्द्र चौहान, बीरगंज महानगरपालिकाको वडा नं. २५ का वडाध्यक्ष बिशराज पटेल, युवा नेता रमेश पटेल, नेकपा मालेका पर्सा जिल्ला सचिव लक्ष्मीराज न्यौपाने, जसपा पर्साका उपध्यक्ष मुस्तकिम अन्सारी, रामदेव राउत कुर्मी, जवाहिर साह, अरविन्द पटेल, देवीलाल साह लगायतकाले एमालेमा प्रवेश गरेको कार्यक्रम संचालक एमाले पर्साका जिल्ला सचिव मनाेज गुप्ताले जानकारी दिए ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीले नव प्रबेशी सबै जनालाई फुल माला र अविरकाे टिका लगाएर पार्टीमा प्रवेश गराएका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले पर्सा जिल्ला भ्रमबाट मुक्त भएकाे वताए । उनले आफु वीरगंजकाे कायापलट गर्नकाे लागि वीरगंज आएकाे वताए । वीरगञ्जलाई रिंगरोडसहितको नमुना र विकसित शहरको रुपमा विकास गर्नुपर्नेमा ओलीले वताए ।

उनले भने, वीरगंज मेडिकल हब हुनु पर्छ, ‘दुर्गम ठाउँमा पनि हेली प्याड हुनुपर्छ, चौडा र सुविधायुक्त बाटोहरु निर्माण गर्नुपर्छ । अनि बल्ल विकास हुन सक्छ । यो विकास एमाले बाहेक कसैले गर्दैन ।’

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफु ६० वर्षदेखि मधेशमै बसेको हुँदा भैँसीको पिठियुँमा चढेर भैँसी चराउन जानेको बताए । उनले भने, ‘म ६० वर्षदेखि मधेशमै बसेको छु । मलाई भैँसी चराउन आउँछ, चापाकल गाढ्न आउँछ ।’

आफुलाई मधेशविरोधी भन्नेहरुलाई इंकित गर्दै अध्यक्ष ओलीले मधेशसँगै पहाड, हिमाल, तराई सबैको विकास भएपछि मात्रै एमालेको एजेण्डा सुखी नेपाली समृद्ध नेपालको नाराले सार्थकता पाउने बताए ।

मधेशमा फाेहर हुनुकाे कारण ढल नहुनु भएकाे वताउँदै ओलीले ढलकाे प्रबन्ध आफुले गरेकाे वताए । सतारुढ गठबन्धन अपवित्र गठबन्धन भएकाे उनकाे भनाई थियाे । 

नेकपा पर्साका अध्यक्ष जयप्रकाश थारुकाे अध्यक्षतामा भएकाे कार्यक्रममा एमालेका सचिव रघुबिर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह, नेतृ ज्वाला साह, केन्द्रिय सदस्य राजकुमार गुप्ता, प्रभु हाजरा, वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, नेता शिव पटेल, बसरुदिन अन्सारी, बिचारी यादव, जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँ लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...