Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

बहुदरमाईमा मुख्य ३ दल नै प्रतिस्पर्धी, केही दल बिच गठबन्धनकाे प्रयास पनि जारी

spot_img
spot_img

वीरगंज । अगामी स्थानिय तहकाे निर्वाचन नजिकिएसंगै पर्साकाे बहुदरमाई नगरपालिकामा विभिन्न दलकाे चुनावी गतिविधिहरु बढेकाे छ । बैशाख ३० गते हुने भनिएकाे निर्वाचनकाे मिति नजिकिएसंगै नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायका दलहरु चुनाव केन्द्रित आफ्नाे गतिविधिहरु बढाएका हुन् ।

मनाेनय दर्ताकाे लागि २० दिन मात्र वाकी रहँदा पनि कुनै दलले आफ्नाे उम्मेदवारकाे औपचारिक घाेषणा गरेका छैनन् । तर मुख्य प्रतिस्पर्धी दलबाट मेयर, उप मेयर  र वडाध्यक्षका आंकाक्षीहरु आफ्नाे उम्मेदवारी घाेषणा गर्दै चुनावी प्रचार प्रसारमा समेत लागेका छन् ।

नेकपा एमालेबाट मेयरका उम्मेदवार शिव पटेल र उप मेयरका उम्मेदवार शुस्मा कुशवाहा हुने लगभग निश्चत जस्तै छ । पटेल केही दिन पहिला मात्र लाेकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी नेकपा एमाले प्रबेश गरेका व्यक्ति हुन् । उनी गत बर्षकाे निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट मेयर मै चुनाव लडे पनि पराजित भएका थिए ।

उप मेयरकी उम्मेदवार कुशवाहा गत बर्ष नेकपा एमालेबाट मेयरमा चुनाव लडेका प्रमाेद प्रसाद कुशवाहाकी बुहारी हुन् । 

नेकपा एमाले फुटेर बनेका नेकपा एकीकृत समाजवादीबाट मेयरकाे उम्मेदवार माेहन यादव हुने सम्भावना छ । उप मेयरकाे उम्मेदवारकाे हाल सम्म टुंगाे नलागेकाे एकीकृत समाजवादीले जनाएकाे छ । बहुदरमाई एकीकृत समाजवादी पनि बलियाे रहेकाे वताइएकाे छ ।

नेपाली कांग्रेसबाट हालका मेयर नितेन्द्र साह नै पुन: मेयरमा चुनाव लडने पनि निश्चित जस्तै छ । स्थानियका अनुसार उनी अगामी निर्वाचनमा पनि बलियाे प्रतिस्पर्धीकाे रुपमा रहने छन् । जाे सुकै लाई उनीसंगै प्रतिस्पर्धा गर्नु पर्ने छ । कांग्रेसबाट उप मेयरमा निर्वाचित गायत्री देवी पुन: चुनाव लड्ने बारे अन्याेल छ । उनकाे श्रीमान् राजदेव यादव केही दिन पहिला मात्र एमाले प्रबेश गरेका कारण अन्याेल बढेकाे वताइएकाे छ ।

नेपाली कांग्रेसले “घर घर जाउँ कांग्रेस जिताउ अभियान” काे नामले आफ्नाे चुनावी गतिविधिहरु बढाएकाे छ भने नेकपा एमाले वडा भेलाकाे नामले आफ्नाे चुनावी गतिविधिहरु गरिरहेकाे देखिन्छ । 

जनता समाजवादी पार्टी (जसपा) बाट मेयरकाे आकांक्षी दुई जना देखिएका छन् । जसपाबाट गत बर्षकाे निर्वाचनामा मेयरमा चुनाव लडेका पानालाल साह र मेयर मै स्वतन्त्र उम्मेदवार भएका सिंगासन साह तेली टिकटकाे लागि दाबेदार देखिएका छन् । जसपा उप मेयरमा वीरेन्द्र यादवकी श्रीमती र प्रेमचन्द्र कुशवाहाका बुहारी मध्ये एक जनाले टिकट पाउने चर्चा रहेकाे छ । 

स्थानियका अनुसार मेयरका दाबेदार दुबै जनाले आ आफ्नाे छुट्टा छुट्टै चुनावी गतिविधिमा लागेका छन् । उनीहरु हाल मतदाता र पार्टीका स्थानिय नेता तथा कार्यकर्ताकाे घर घरमा पुग्ने गरेका छन् ।

नेकपा माओवादी केन्द्रबाट मेयरमा गत बर्षकाे निर्वाचन मै चुनाव लडेका शिवशंकर यादव पुन: मेयरमा चुनाव लडने वताइएकाे छ । उप मेयरकाे उम्मेदवारकाे बारे हाल सम्म टुंगाे लागि नसकेकाे माओवादी केन्द्रले जनाएकाे छ ।

यता जसपा, माओवादी केन्द्र र एकीकृत समाजवादी बिच गठबन्धनकाे प्रयास पनि भइरहेकाे बुझिएकाे छ । जसपाले माओवादी केन्द्र वा एकीकृत समाजवादी मध्ये एकलाई उप मेयर दिएर चुनाव लडने प्रयास थालेकाे वताइएकाे छ ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...