Date
बिहि, जेष्ठ २८, २०८३
Thu, June 11, 2026

बहुदरमाईमा मुख्य ३ दल नै प्रतिस्पर्धी, केही दल बिच गठबन्धनकाे प्रयास पनि जारी

spot_img
spot_img

वीरगंज । अगामी स्थानिय तहकाे निर्वाचन नजिकिएसंगै पर्साकाे बहुदरमाई नगरपालिकामा विभिन्न दलकाे चुनावी गतिविधिहरु बढेकाे छ । बैशाख ३० गते हुने भनिएकाे निर्वाचनकाे मिति नजिकिएसंगै नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायका दलहरु चुनाव केन्द्रित आफ्नाे गतिविधिहरु बढाएका हुन् ।

मनाेनय दर्ताकाे लागि २० दिन मात्र वाकी रहँदा पनि कुनै दलले आफ्नाे उम्मेदवारकाे औपचारिक घाेषणा गरेका छैनन् । तर मुख्य प्रतिस्पर्धी दलबाट मेयर, उप मेयर  र वडाध्यक्षका आंकाक्षीहरु आफ्नाे उम्मेदवारी घाेषणा गर्दै चुनावी प्रचार प्रसारमा समेत लागेका छन् ।

नेकपा एमालेबाट मेयरका उम्मेदवार शिव पटेल र उप मेयरका उम्मेदवार शुस्मा कुशवाहा हुने लगभग निश्चत जस्तै छ । पटेल केही दिन पहिला मात्र लाेकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी नेकपा एमाले प्रबेश गरेका व्यक्ति हुन् । उनी गत बर्षकाे निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट मेयर मै चुनाव लडे पनि पराजित भएका थिए ।

उप मेयरकी उम्मेदवार कुशवाहा गत बर्ष नेकपा एमालेबाट मेयरमा चुनाव लडेका प्रमाेद प्रसाद कुशवाहाकी बुहारी हुन् । 

नेकपा एमाले फुटेर बनेका नेकपा एकीकृत समाजवादीबाट मेयरकाे उम्मेदवार माेहन यादव हुने सम्भावना छ । उप मेयरकाे उम्मेदवारकाे हाल सम्म टुंगाे नलागेकाे एकीकृत समाजवादीले जनाएकाे छ । बहुदरमाई एकीकृत समाजवादी पनि बलियाे रहेकाे वताइएकाे छ ।

नेपाली कांग्रेसबाट हालका मेयर नितेन्द्र साह नै पुन: मेयरमा चुनाव लडने पनि निश्चित जस्तै छ । स्थानियका अनुसार उनी अगामी निर्वाचनमा पनि बलियाे प्रतिस्पर्धीकाे रुपमा रहने छन् । जाे सुकै लाई उनीसंगै प्रतिस्पर्धा गर्नु पर्ने छ । कांग्रेसबाट उप मेयरमा निर्वाचित गायत्री देवी पुन: चुनाव लड्ने बारे अन्याेल छ । उनकाे श्रीमान् राजदेव यादव केही दिन पहिला मात्र एमाले प्रबेश गरेका कारण अन्याेल बढेकाे वताइएकाे छ ।

नेपाली कांग्रेसले “घर घर जाउँ कांग्रेस जिताउ अभियान” काे नामले आफ्नाे चुनावी गतिविधिहरु बढाएकाे छ भने नेकपा एमाले वडा भेलाकाे नामले आफ्नाे चुनावी गतिविधिहरु गरिरहेकाे देखिन्छ । 

जनता समाजवादी पार्टी (जसपा) बाट मेयरकाे आकांक्षी दुई जना देखिएका छन् । जसपाबाट गत बर्षकाे निर्वाचनामा मेयरमा चुनाव लडेका पानालाल साह र मेयर मै स्वतन्त्र उम्मेदवार भएका सिंगासन साह तेली टिकटकाे लागि दाबेदार देखिएका छन् । जसपा उप मेयरमा वीरेन्द्र यादवकी श्रीमती र प्रेमचन्द्र कुशवाहाका बुहारी मध्ये एक जनाले टिकट पाउने चर्चा रहेकाे छ । 

स्थानियका अनुसार मेयरका दाबेदार दुबै जनाले आ आफ्नाे छुट्टा छुट्टै चुनावी गतिविधिमा लागेका छन् । उनीहरु हाल मतदाता र पार्टीका स्थानिय नेता तथा कार्यकर्ताकाे घर घरमा पुग्ने गरेका छन् ।

नेकपा माओवादी केन्द्रबाट मेयरमा गत बर्षकाे निर्वाचन मै चुनाव लडेका शिवशंकर यादव पुन: मेयरमा चुनाव लडने वताइएकाे छ । उप मेयरकाे उम्मेदवारकाे बारे हाल सम्म टुंगाे लागि नसकेकाे माओवादी केन्द्रले जनाएकाे छ ।

यता जसपा, माओवादी केन्द्र र एकीकृत समाजवादी बिच गठबन्धनकाे प्रयास पनि भइरहेकाे बुझिएकाे छ । जसपाले माओवादी केन्द्र वा एकीकृत समाजवादी मध्ये एकलाई उप मेयर दिएर चुनाव लडने प्रयास थालेकाे वताइएकाे छ ।  

spot_img
spot_img

ताजा अपडेट

शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जीएचपीले ४ जीपीए ल्याउने ६ विद्यार्थीलाई ल्यापटपसहित सम्मान गर्‍यो

वीरगंज । जीएचपी माध्यमिक विद्यालय, वीरगंजले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गरेकाे छ । विद्यालयमा एक कार्यक्रमकाे आयाेजना...

रास्वपा पर्सा–४ मा कृष्णमोहन यादवको पराजयपछि सांसद शाक्यको भूमिका चर्चामा

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. ४ को नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा सांसद टेकबहादुर शाक्य निकट समूहले अपेक्षित नतिजा हासिल...

बालअधिकार संरक्षणमा संवेदनशील पत्रकारिता आवश्यक : प्रमुख लामिछाने

वीरगंज । बाल अधिकार संरक्षण तथा संवर्द्धनमा सञ्चारकर्मीहरूको भूमिका विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम बुधबार वीरगंजमा सम्पन्न भएको छ । युवालयको आयोजनामा भएको कार्यक्रममा...