Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

वीरगंजमा अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप आयोजना हुँदै

spot_img
spot_img

वीरगंज । नेपाल तेक्वान्दाे संघ पर्साले यही चैत २५ र २६ गते वीरगंजमा पर्सा अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप आयोजना गर्न गइरहेको छ । अगामी १४ औँ साग गेम र १९ औँ एशियन गेम इन्डोनेशियालाई समेत मध्यनजर गर्दै प्रतियोगिता आयाेजना गर्न लागिएकाे तेक्वान्दाे संघ पर्साका अध्यक्ष गणेश मान श्रेष्ठले वताए ।

वीरगंजस्थित नगर सभा गृहमा रहेकाे अत्याधुनिक सुविधा सम्पन्न कर्भड हलमा आयोजना हुने प्रतियोगितामा नेपालका, भारत तथा बगंलादेश गरी १७ टीम सहभागी हुने अध्यक्ष श्रेष्ठले वताए । खेलाडी, रेफ्री, प्रशिक्षक गरि प्रतियोगितामा करिब तीन सय जनाको सहभागिता रह्ने समेत उनले जानकारी गराए ।

नेपाल तेक्वान्दो संघकाे प्राविधिकसँगको समन्वयमा प्रतियोगिता सञ्चालन गरिने छ । प्रतियोगितामा करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको तेक्वान्दाे संघले साेमबार वीरगंजमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा वाेल्दै अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

प्रतियाेगितामा प्रथम हुनेलाई रु ७५ हजार, द्वितिय हुनेलाई ५० हजार र तृतिय हुनेलाई रु २५ हजार बराबरकाे पुरस्कारबाट पुरस्कृति गरिने आयाेजकले जनाएकाे छ ।

पर्सा जिल्ला तेक्वान्दो कार्य समितिले २०५९ सालदेखि नेपाल तेक्वान्दो संघ संग स्वीकृती प्राप्त गरि स्थापनाकालदेखि नै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्दै आएको छ । वीरगन्ज क्षेत्रको मात्र नभई खेलकुद जगतमा सम्पूर्ण देशवासीको शीर उच्च राख्न सफल भएको वताइएकाे छ ।

कार्यक्रम संयाेजक बिरेन्द्र बहादुर कुर्मी क्षेत्रीकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा तेक्वान्दाेका प्रशिक्षक विजय साह ठाकुर, माेहमद शकिक शेख, नाजिर हुसेन, बरिष्ठ सल्लाहकार निशान्त लामिक्षाने, काेषाध्यक्ष राेशन कलवार, अरुण झा, राजु साह लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे संचालन नेपाल पत्रकार महासंघ पर्साका सचिव भुषण यादवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि...