Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

वीरगंजमा अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप आयोजना हुँदै

spot_img
spot_img

वीरगंज । नेपाल तेक्वान्दाे संघ पर्साले यही चैत २५ र २६ गते वीरगंजमा पर्सा अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप आयोजना गर्न गइरहेको छ । अगामी १४ औँ साग गेम र १९ औँ एशियन गेम इन्डोनेशियालाई समेत मध्यनजर गर्दै प्रतियोगिता आयाेजना गर्न लागिएकाे तेक्वान्दाे संघ पर्साका अध्यक्ष गणेश मान श्रेष्ठले वताए ।

वीरगंजस्थित नगर सभा गृहमा रहेकाे अत्याधुनिक सुविधा सम्पन्न कर्भड हलमा आयोजना हुने प्रतियोगितामा नेपालका, भारत तथा बगंलादेश गरी १७ टीम सहभागी हुने अध्यक्ष श्रेष्ठले वताए । खेलाडी, रेफ्री, प्रशिक्षक गरि प्रतियोगितामा करिब तीन सय जनाको सहभागिता रह्ने समेत उनले जानकारी गराए ।

नेपाल तेक्वान्दो संघकाे प्राविधिकसँगको समन्वयमा प्रतियोगिता सञ्चालन गरिने छ । प्रतियोगितामा करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको तेक्वान्दाे संघले साेमबार वीरगंजमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा वाेल्दै अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

प्रतियाेगितामा प्रथम हुनेलाई रु ७५ हजार, द्वितिय हुनेलाई ५० हजार र तृतिय हुनेलाई रु २५ हजार बराबरकाे पुरस्कारबाट पुरस्कृति गरिने आयाेजकले जनाएकाे छ ।

पर्सा जिल्ला तेक्वान्दो कार्य समितिले २०५९ सालदेखि नेपाल तेक्वान्दो संघ संग स्वीकृती प्राप्त गरि स्थापनाकालदेखि नै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्दै आएको छ । वीरगन्ज क्षेत्रको मात्र नभई खेलकुद जगतमा सम्पूर्ण देशवासीको शीर उच्च राख्न सफल भएको वताइएकाे छ ।

कार्यक्रम संयाेजक बिरेन्द्र बहादुर कुर्मी क्षेत्रीकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा तेक्वान्दाेका प्रशिक्षक विजय साह ठाकुर, माेहमद शकिक शेख, नाजिर हुसेन, बरिष्ठ सल्लाहकार निशान्त लामिक्षाने, काेषाध्यक्ष राेशन कलवार, अरुण झा, राजु साह लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे संचालन नेपाल पत्रकार महासंघ पर्साका सचिव भुषण यादवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...