Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

विद्यालयलाई सफ्टवेयर हस्तान्तरण

spot_img
spot_img

वीरगंज । जिल्ला उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालयलाई पाेखरिया नगरपालिकाकी उप प्रमुख सलमा खातुनले एक सफ्टवेयर हस्तान्तरण गरेकी छन् । जिल्ला उच्चाङ्गल रामदेव कलवार मावि र महाेबनी पदम मा.वि. का शिक्षक र विद्यार्थीहरू बीच आइतबार भएकाे एक कार्यक्रममा नगर उपप्रमुख सल्मा खातुनले साे सफ्टवेयर हस्तान्तरण गरेकी हुन् ।

सफ्टवेयरकाे प्रयाेगले विद्यार्थी र शिक्षकलाई विद्यालयका सूचना र अन्य जानकारी आदानप्रदान गर्न नगरपालिकालाई पनि सम्बन्धित विद्यालयकाे गितविधि अनुगमन गर्न सहज हुने उनले वताइन ।

सफ्टवेरले वैकल्पिक सिकाई व्यवस्थापन प्रणाली, उत्पन्न परिस्तिथिमा सिकाई सहजीकरण शैक्षिक कार्यक्रम, शिक्षा अनुगमन प्रणाली, विद्यालय ब्यवस्थापन प्रणाली र निरन्त्रण साक्षरता शैक्षिक कार्यक्रममा सहयाेग पुग्ने खातुनले जानकारी गराइन ।

कार्यक्रममा विद्यालयका शिक्षक, कक्षा ८,९ र १० का विद्यार्थी, नगरपालिकाका प्रशासन शाखा प्रमुख विजय झा, सूचना तथा प्रविधि शाखा प्रमुख अरविन्द दुबे लगायतकाे उपस्थिति रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...