Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

सहकारी दिवसको अवसरमा शैक्षिक सामग्री बितरण

spot_img
spot_img

वीरगंज । उपयोगी बचत तथा ऋण सहकारी संस्था लि. पर्सागढी न.पा. ५ पर्साकाे सहयोग र को–अपरेटिभ लिडर्स कल्ब पर्साले पर्सागढी न.पा.–४ मा रहेको श्री नेपाल राष्ट्रिय अधारभुत बिधालयको सय जना छात्र/छाात्राहरुलाई शैक्षिक सामग्री बितरण गरेको छ ।

मर्यादित ब्यवसाय र प्रबिधिमा सहकारी नाराको साथमा ६५ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा क्लबले शैक्षिक सामग्री वितरण गरेकाे हाे ।

को–अपरेटिभ लिडर्स कल्ब पर्साका अध्यक्ष रामनिवास देहातीको अध्यक्षतामा भएकाे कार्याक्रममा नेफस्कुनका संचालक हरेराम पटेल, पर्सागढी न.पा वडा नं. ४ का वडाध्यक्ष समसुदिन साह देवान, किसुदेव प्रसाद, सत्यनाराण महतो, लालबहादुर महतो, रितेश यादव लगाएतको उपस्थिती रहेको थियो ।

विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष आदेश ठाकुरले स्वागत मन्तव्य राखेकाे कार्यक्रमकाे संचालन दिब्य सकोसका अध्यक्ष धर्मराज कुशवाहाले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...