Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

पर्सागढीमा नगर प्रमुख र उप प्रमुखका आकांक्षीहरु धेरै

spot_img
spot_img

वीरगंज । स्थानीय तह निर्वाचनकाे मिति नजिकिएसंगै पर्साकाे पर्सागढी नगरपालिकामा पनि चुनावी सरगर्मी बढेकाे छ । बैशाख ३० गते हुने भनिएकाे निर्वाचनकाे मनाेनय दर्ता १८ दिन मात्र बाकी रहेपनि कुनै दलले औपचारिक रुपमा उम्मेदवारकाे घाेषाण गरेका छैनन् । तर उम्मेदवारहरुका आंकाक्षीहरुले आफ्नाे प्रचार प्रसारमा लागेका छन् ।

पार्टी विधान अनुसार वडा समिति, नगर समिति, क्षेत्रिय समिति, जिल्ला समितिबाट सिफारिस भएपछि प्रदेश समितिले नगरपालिकाकाे उम्मेदवारको अन्तिम टुंगाे लगाउने छन् । साेही प्रावधान अनुसार राजनीतिक दलहरुले उम्मेदवार छनाैट पक्रिया सुरु गरिएकाे जनाएका छन् ।

हाल सम्म कुनै दलले उम्मेदवारकाे टुंगाे नलगाए पनि प्रमुख, उप प्रमुख र वडाध्यक्षका आकाङ्क्षीहरू भने बढ्दो छन् । पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादव र उपप्रमुख अर्चना चौधरी पुनः उम्मेदवार बन्ने चर्चा छ ।

दुवैजना गत बर्षकाे निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका थिए भने हाल पनि कांग्रेस मै आवद्ध रहेका छन् ।

सो नपाको प्रमुखमा नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष वीरेन्द्रराज कँडेल र वर्तमान वडाध्यक्ष वेदमनदास थारूको नाम पनि चर्चामा छ । उपप्रमुखमा काङ्ग्रेसकै जुनमाया बलको दाबेदारी पनि रहेकाे वताइएकाे छ ।

यसैगरी, नगर प्रमुखमा नेकपा एमालेबाट गोकर्ण पाठक र जनता समाजवादी पार्टी (जसपा)बाट बृजमोजन दास थारूको नाम पनि चर्चामा छ । एमालेका पाठक यसअघिको चुनावमा दाेस्राे स्थान हासिल गर्दै पराजित भएका थिए भने थारू तेस्रो नम्बरमा थिए ।

उप प्रमुखमा एमालेबाट पूजा चौधरीको नाम चर्चामा छ भने जसपाबाट गत चुनावमा पराजित ममता यादवले चुनाव लड्ने नलडने बारे अन्याेल रहेकाे छ । उनको स्थानमा नयाँ उम्मेदवार हुने अड्कल गरिएको छ ।

यसैगरी नेकपा माओवादी केन्द्रबाट नगर प्रमुखमा डा. चन्द्रभुषण सिंह र बाल कृष्ण श्रेष्ठ मध्ये एक जनाले चुनाव लडने सम्भावना छ भने नेकपा एकीकृत समाजवादीबाट सत्यनारायण दास थारु उम्मेदवार हुने सम्भावना रहेकाे छ । यी दुई दलबाट उप प्रमुखका उम्मेदवार बारे हाल  सम्म कसैकाे चर्चा सुनिएकाे छैन ।

वडाध्यक्षमा भने वर्तमान सबैजनाले पुनः उम्मेदवारी दिने चर्चा छ । वडाध्यक्षहरू तुलाराम महतो (नेका), उद्धवबहादुर उप्रेती (एमाले), समसुद्दीन शाह देवान (नेका), असलम आलम (जसपा), किशोरी राउत अहिर (नेका), रामजी साह तेली (जसपा) र किसुनदेवप्रसाद यादव (नेका) पुनः चुनावमा उठ्ने भएका छन् । वडा नं २ का अध्यक्ष थारू भने नगरप्रमुखको दाबेदार भएका छन् ।

यसका साथै वडाध्यक्षमा एमालेबाट दिपेश नेपाल, अब्दुल देवान, सिकेन्द्र पटेल, नवलकिशोर साह लगायतको पनि चर्चा छ भने नेकाबाट सुकमान तामाङ, कामेश्वर मिश्र, शङ्कर यादव, शङ्कर रायभर, अनवर आलम, राजेश्वर यादव, जसपाबाट रामबढई यादवल, शेख खुर्सेद र माओवादीबाट शेख फैयाद, सुनिल राय भर  लगायतको नाम चर्चामा छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा ई-स्कुटरको ब्याट्री पड्किँदा गढीमाई लजमा आगलागी

वीरगंज । वीरगंज महानगरपालिका–९ स्थित जिल्ला प्रशासन कार्यालय नजिक रहेको गढिमाई लजमा पार्किङ गरिएको ई–स्कुटरको ब्याट्री पड्किँदा आगलागी भएको छ । बिहीबार बिहान करिब...

वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृतमा बसन्त बहादुर बोहरा हाजिर

वीरगंज । वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएर आएका सहसचिव बसन्त बहादुर बोहराले बिहीबार कार्यालयमा हाजिर भई कार्यभार सम्हालेका छन् । संघीय सरकारले जेठ...

रास्वपा धोबीनी गाउँपालिकाको सभापतिमा सुदिल पटेल

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धोबीनी गाउँपालिकाको सभापतिमा सुदिल प्रसाद कुमार पटेल निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न पालिका स्तरीय प्रथम अधिवेशनबाट...