Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

नेकपा एमाले पर्साकाे अध्यक्षमा थारु

spot_img
spot_img

नेकपा एमाले पर्साका अध्यक्षमा जयप्रकाश थारु चयन भएका छन् । नेकपा एमाले पर्साको आठौ जिल्ला अधिवेशनको स्थगीत बन्दसत्र आज संचालनमा आएको र त्यसले थारुलाई सर्बसम्मत रुपमा अध्यक्षमा चयन गरेको एमाले पर्साले जनाएको छ ।

जिल्ला उपाध्यक्षमा फरमान मियाँ अन्सारी, सचिवमा मनोज गुप्ता, उप सचिवमा संजीव मिश्र र प्रदुमन सेढाई चयन भएका छन् । १ सय ३५ सदस्यीय जिल्ला कमिटी निर्माण भएकाे जिल्ला सह सचिव संजिव मिश्राले जानकारी दिए ।

पुष २७ मा आठौ जिल्ला अधिवेशनको उद्धघाटन भएको थियो । नेतृत्व चयनको बिषयमा नेताहरुमा सहमती नभएपछि बन्दसत्र स्थगीत भएको थियो । त्यही स्थगीत बन्दसत्र शनिबार आयोजना गरेर एमालेको जिल्ला कमिटी घोषणा गरिएको हो ।

अध्यक्ष थारु सुपौली गाविसको उपाध्यक्ष र संबिधान सभा सदस्यको भूमिका निर्वाह गरि सक्नु भएका नेता हुन । यस अघि पार्टीको जिल्ला अध्यक्षमा डा.बिश्वम्भर शर्माको नाममा सहमती भएको थियो ।
 
अधिवेशन सुरु भएको झण्डै तीन महिनापछि शनिबार वीरगन्जको एक होटलमा आयोजित बन्द सत्रबाट अध्यक्ष, पदाधिकारीसहित एक सय ३५ सदस्यीय जिल्ला समिति चयन भएकाे जनाइएकाे छ । जिल्ला अध्यक्ष चुनिएका थारु संविधान सभा सदस्य हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...