Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

नेकपा एमाले पर्साकाे अध्यक्षमा थारु

spot_img
spot_img

नेकपा एमाले पर्साका अध्यक्षमा जयप्रकाश थारु चयन भएका छन् । नेकपा एमाले पर्साको आठौ जिल्ला अधिवेशनको स्थगीत बन्दसत्र आज संचालनमा आएको र त्यसले थारुलाई सर्बसम्मत रुपमा अध्यक्षमा चयन गरेको एमाले पर्साले जनाएको छ ।

जिल्ला उपाध्यक्षमा फरमान मियाँ अन्सारी, सचिवमा मनोज गुप्ता, उप सचिवमा संजीव मिश्र र प्रदुमन सेढाई चयन भएका छन् । १ सय ३५ सदस्यीय जिल्ला कमिटी निर्माण भएकाे जिल्ला सह सचिव संजिव मिश्राले जानकारी दिए ।

पुष २७ मा आठौ जिल्ला अधिवेशनको उद्धघाटन भएको थियो । नेतृत्व चयनको बिषयमा नेताहरुमा सहमती नभएपछि बन्दसत्र स्थगीत भएको थियो । त्यही स्थगीत बन्दसत्र शनिबार आयोजना गरेर एमालेको जिल्ला कमिटी घोषणा गरिएको हो ।

अध्यक्ष थारु सुपौली गाविसको उपाध्यक्ष र संबिधान सभा सदस्यको भूमिका निर्वाह गरि सक्नु भएका नेता हुन । यस अघि पार्टीको जिल्ला अध्यक्षमा डा.बिश्वम्भर शर्माको नाममा सहमती भएको थियो ।
 
अधिवेशन सुरु भएको झण्डै तीन महिनापछि शनिबार वीरगन्जको एक होटलमा आयोजित बन्द सत्रबाट अध्यक्ष, पदाधिकारीसहित एक सय ३५ सदस्यीय जिल्ला समिति चयन भएकाे जनाइएकाे छ । जिल्ला अध्यक्ष चुनिएका थारु संविधान सभा सदस्य हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...