Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

स्वभिमान यात्राकाे नामले लाेसपाकाे चुनाव केन्द्रित शक्ति प्रदर्शन

spot_img
spot_img

वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले हरेक परिवर्तन आन्दोलनबाट नै हुने गरेको बताएका छन् । लाेसपाले शनिबार वीरगंजमा आयाेजना गरेकाे स्वभिमान सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले अहिले पनि परिवर्तनकाे लागि मधेश आन्दोलनमा जारी नै रहेकाे वताए ।

राज्यकाे हरेक आन्दोलनमा हिन्सक निति अख्यिार गर्ने गरेको भए पनि हाल सम्मको उपलब्धी आन्दोलन कै जगमा प्राप्त भएको ठाकुरले बताए । मधेशको सभ्यता निकै पुरानो रहेको चर्चा गर्दै उनले राज्य सबैलाई मेट्न खाजेको आरोप लगाए ।

उनले मधेसीमाथि शासकले अहिले पनि सामाजिक, कानुनी र आर्थिक विभेद् गरिरहेका कारण मधेस आन्दोलन र विद्रोह अहिले पनि नसकिएको बताए । उनले मधेसका मुद्दा सम्बोधन नभएसम्म मधेस विद्रोह र आन्दोलन निरन्तर चलिरहने बताए । ‘अब निर्णायक मधेस आन्दोलन हुन्छ, हामी तयारीमा लागिसकेका छौं,’ उनले भने।  

पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले मधेशी जनतालाई अहिले पनि अधिकारबाट बन्चित गरिएको बताए । उनले मधेशी जनता राज्यबाटै उपनिवेशको शिकार भएको बताए । पृथ्वी नारायण शाहले नेपाललाई एकिकरण गरेको भए पनि जमिन मात्र एकिकरण भएको महतोकाे भनाई थियाे ।

जनताको एकिकरण राज्यले गर्न नसकेको उनले टिप्पणी समेत गरे । मधेशको राजधानी बीरगंज हुनु पर्ने मैले पटक पटक बताए पनि हाल समग्र मधेश एक प्रदेश हुन नसकेको कारण बीरगंजलाई राजधानी बनाउन नसकिएको वताए ।

मधेसले आंशिकरुपमा मात्रै आफ्नो अधिकार पाएको भन्दै उनले भने, ‘बाँकी अधिकार प्राप्तीका लागि छिट्टै अर्को मधेस आन्दोलन सुरु हुन्छ। त्यो नै अन्तिम (निर्णायक) आन्दोलन हुने छ । त्यसका लागि मधेसी जनता तयार रहनुस् ।’

लेसपाका नेता अनिल झाले मधेसी जनताको भोट लिएर सत्ताको स्वाद चाखिरहेको जसपा अब मधेसी दल नरहेको बताए । उनले मधेसको अधिकार र मधेसको मुद्दा बोकेर आज पनि संघर्ष गरिरहेकाले लोसपा नै अब एकमात्र मधेसी दल रहेको जिकिर गरे । 

नेता सर्वेन्द्रनाथ शुक्लाले उपेन्द्र यादवको दल जसपा मधेसविरोधी दल भएको बताए । अब लोसपामात्रै मधेसवादी दल रहेको बताउँदै उनले मन्त्री पाउने वितिक्कै उपेन्द्र मधेस आन्दोलन छाडेर सरकारमा जाने गरेको आरोप लगाए ।

लोसपा पर्साका अध्यक्ष पुरुषोत्तमलाल झाको अध्यक्षतामा भएको सभालाई लोसपा नेता लक्ष्मणलाल कर्ण, शशीकपुर मियाँ, प्रहलाद गिरी लगायतका नेताहरुले पनि सम्बोधन गरेका थिए भने कार्यक्रमकाे संचालन वीरगंज महानगर अध्यक्ष ओमप्रकाश सर्राफले गरेका थिए ।

सभा अघि लाेसपाले वीरगंजमा स्वभिमान यात्रा निकालेकाे थियाे । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै लोसपाले स्वभिमान यात्रा नामले शक्ति प्रर्दशन गरेको थियाे । पार्टीका सबै शीर्ष नेताहरुलाई वीरगंजमा बोलाएर लोसपाले बृहत् र्‍यालीसहित शक्ति प्रदर्शन गरेको थियाे ।

निर्वाचन नजिकिँदै जाँदा पर्साका केही नेताहरु पार्टी छाडेर अन्य दलमा प्रवेश गर्ने लहर चलेपछि लोसपा कमजोर बन्दै गएको टीकाटीप्पणी हुन थालेको छ । तर, केही नेताहरु अन्य दलमा जाँदैमा पार्टी कमजोर नभएको सन्देश दिन लोसपाले शनिबार शीर्ष नेताहरुसहित शक्ति प्रदर्शन गरेको हो ।

वीरगंजकाे चिनी मिल आवास क्षेत्रबाट सयौंको संख्यामा चार पाङग्रे गाडी र मोटरसाइकलसहित निस्किएको ‘स्वभिमान यात्रा’ नामक र्‍यालीमा लोसपाका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर, केन्द्रीय नेताहरु राजेन्द्र महतो, अनिल झा र सर्वेन्द्रनाथ शुक्ल सहभागी थिए ।

लोसपाको र्‍याली नगर परिक्रमा गरेपछि नगरभागृहमा पुगेर स्वभिमान सभामा परिणत भएको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...