Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरियाकाे मेयरमा पांच उम्मेदवार बिच प्रतिस्पर्धा हुने सम्भावना

spot_img
spot_img

वीरगंज । बैशाख ३० हुने हुने भनिएकाे स्थानिय तह निर्वाचन नजिकिएसंग पर्साकाे पाेखरिया नगरपालिकामा चुनावी सरगर्मी सुरु भएकाे छ । निर्वाचन ४१ दिन मात्र बाकी रहँदा पनि कुनै दल औपचारिक रुपमा उम्मेदवार तय गरेका छैनन् । तर आधा दर्जन भन्दा बढी राजनीतिक दलका स्थानिय नेताहरु निर्वाचनकाे तयारीमा लागेका छन् ।

पाेखरियाकाे मेयरमा नेकपा एमालेबाट प्रदुमन प्रसाद चाैहान चुनाव लडने निश्चित जस्ताे नै छ । गत बर्षकाे निर्वाचनमा चाैहान मेयर मै तत्कालिन संघिय समाजवादी फाेरम नेपालबाट चुनाव लडे पनि पराजित भएका थिए । त्यस अघि पनि उनी एमाले मै रहे पनि निर्वाचनकाे बेलामा फाेरमा प्रबेश गरेका थिए । तर चुनाव हारेपछि उनी पुन: फाेरम परित्याग गरि एमालेमा प्रबेश गरेका थिए ।  

नेपाली कांग्रेसबाट मेयरमा हालका मेयर दिपनारायण प्रसाद राैनियार, गत बर्षकाे निर्वाचनमा कांग्रेसबाट चुनाव लडेका संविधान सभा सदस्य रामेश्वर राैनियार र ठाकुर राम बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख ललन द्विवेदी मध्ये एक जना चुनाव लड्ने सम्भावना रहेकाे स्थानिय नेताहरुले वताएका छन् । 

गत बर्षकाे निर्वाचनमा पाेखरियाकाे मेयरमा नेपाली जनता दलबाट निर्वाचित राैनियार केही दिन पहिला मात्र कांग्रेसमा प्रबेश गरेका थिए । 

गत बर्षकाे निर्वाचनमा पाेखरियाकाे मेयरमा स्वतन्त्र उम्मेदवार भएर तेस्राे स्थान हासिल गरेका शंकर चाैधरी यस बर्षकाे निर्वाचनमा पूर्व डिआइजी रमेश खरेल नेतृत्वकाे नेपाल सुशासन पार्टीबाट मेयर चुनाव लडने तयारी थालेका छन् । 

जनता समाजवादी पार्टी (जसपा)बाट मेयरमा राजु साह र उप मेयरमा हालकी उप मेयर सलमा खातुनले चुनाव लडने वताइएकाे छ । मेयर उम्मेदवार साह केही दिन पहिला मात्र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) परित्याग गरी जसपामा प्रबेश गरेका थिए ।

लाेसपाबाट मेयरमा नेजामुदिन सम्मानी र उप मेयर आशा देवीले चुनावकाे तयारी थालेका छन् । गत बर्षकाे निर्वाचनमा मेयर मै तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट चुनाव लडेका सम्मानी पराजित भएका थिए । तर यस बर्ष उनी निर्वाचन घाेषणा भएदेखि नै जाेडताेडले चुनावकाे तयारीमा लागेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...