Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरियामा डिजिटल मार्केटिङ सम्बन्धि तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरियामा डिजिटल मार्केटिङ सम्बन्धि ६ दिने तालिम शुक्रबार सम्पन्न भएकाे छ । पाेखरिया नगरपालिकाकाे आयाेजनामा पाेखरिया नगरपालिकाकाे बैठक कक्षमा भएकाे तालिम सम्पन्न भएकाे हाे ।  

गाउँका किशाेरीहरुलाई आधुनिक प्रविधि बारे जानकारी गराउन र व्यक्तित्व विकासमा सहयाेग तथा राेजगारीकाे लागि क्षमता बढाउने उद्देश्यले तालिम आयाेजना गरिएकाे पाेखरिया नगरपालिकाकी उप मेयर सलमा खातनुले वताइन ।

उपमेयर खातुनकाे अध्यक्षता र पूर्व शिक्षक एवं समाजसेवी बच्चन श्रीवास्तवकाे प्रमुख आतिथ्यमा भएकाे तालिम समापन कार्यक्रममा वुमन सकल सेन्टरका अध्यक्ष चन्चला दास, मातेश्वररी ट्राभल्सका अध्यक्ष दिपिका कार्कीले मन्तव्य राख्दै तालिमबाट सिखेकाे कुरा व्यहारमा लागु गर्न तालिमका सहभागिहरुलाई सुझाव दिएका थिए ।

नगरपालिका अन्तर्गतका विभिन्न वडाका किशाेरीहरुकाे सहभागिता रहेकाे तालिममा प्रशिक्षक हिमांशु बर्णवालले प्रशिक्षण दिएका थिए ।

प्रजनन् स्वास्थ्य सम्बन्धि घुमति शिविर सम्पन्न 

यसैगरी पाेखरीया नगरपालिकाकाे वडा नं. ३ बसन्तपुरमा पाठेघरकाे मुखमा क्यान्सर र स्तन क्यान्सर लगायतका प्रजनन् स्वास्थ्य राेग पहिचान सम्बन्धि घुम्ति शिविर सम्पन्न भएकाे छ । 

पाेखरिया नगरपालिकाकाे स्वास्थ्य शाखाकाे आयाेजनामा बसन्तपुर स्वास्थ्य चाैकीमा भएकाे शिविरमा ४८ जना महिलाले चेकजाँच गराएकाे उप मेयर खातनुले जानकारी दिइन । जसमध्ये प्रजनन् सम्बन्धि विभिन्न राेगसँगै ६ जनाले अपरेशन गराउनुपर्ने देखिएकाे उनले वताइन ।

दाेस्राे चरणमा यही चैत २० गते आइतबार पाेखरीया अस्पतालमा शिविर सञ्चालन हुने समेत खातुनले जानकारी गराइन । यश चेकजाँच अभियानमा परीक्षण गरिएका महिलाकाे प्रदेश स्वास्थ्य निर्देशनालयकाे सहयाेगमा निशुल्क अपरेशन समेत गरिने उप मेयर खातुनले वताइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...