Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

मोटरसाइकल चोरी गर्ने गिरोहका पुन: ३ जना पक्राउ

spot_img
spot_img

वीरग‌ंज । माेटरसाइकल चाेरी गर्ने गिराेहका ३ जना पुन: वीरगंजबाट पक्राउ परेका छन् । काठमाडाैं महानगरपालिका वडा नं. १८ निवासी ३४ बर्षिय कमल गिरी, चितवनकाे भरतपुर महानगरपालिकाकाे वडा नं. १६ निवासी १९ बर्षिय निशान थापा र वीरगंज महानगरपालिकाकाे वडा नं. १५ निवासी १८ बर्षिय संदिप घिमिरेलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

वीरगञ्ज महानगरपालिकाकाे वडा नं. २७ निवासी मुन्ना अन्सारीको प्रदेश २-०३-००२ प ५९३७ नम्बरको कालो रातो रंगकाे होण्डा साईन मोटरसाईकल बुधबार चाेरी भएकाे थियाे । वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१६ बसपार्कस्थित ग्यारेजमा पार्किङ गरी राखेको अवस्थाबाट ग्यारेजको ताल्चा फुटाई लक तोडी चोरी गरी भागेकोमा तत्काल चेकिङ ड्युटीमा खटिएको टोलीले तिनै जनालाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।

उक्त ग्यारेज भन्दा १०० मिटर  दक्षिण सडकबाट माेटरसाइकल चोरीमा प्रयोग भएका रिञ्च तथा साँचो समेत नियन्त्रणमा लिई चोरी कसूरमा अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए । 

यस्तै, मंगलबार पनि माेटरसाइकल चाेरीकाे आराेपमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।                                              

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...