Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

मोटरसाइकल चोरी गर्ने गिरोहका पुन: ३ जना पक्राउ

spot_img
spot_img

वीरग‌ंज । माेटरसाइकल चाेरी गर्ने गिराेहका ३ जना पुन: वीरगंजबाट पक्राउ परेका छन् । काठमाडाैं महानगरपालिका वडा नं. १८ निवासी ३४ बर्षिय कमल गिरी, चितवनकाे भरतपुर महानगरपालिकाकाे वडा नं. १६ निवासी १९ बर्षिय निशान थापा र वीरगंज महानगरपालिकाकाे वडा नं. १५ निवासी १८ बर्षिय संदिप घिमिरेलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

वीरगञ्ज महानगरपालिकाकाे वडा नं. २७ निवासी मुन्ना अन्सारीको प्रदेश २-०३-००२ प ५९३७ नम्बरको कालो रातो रंगकाे होण्डा साईन मोटरसाईकल बुधबार चाेरी भएकाे थियाे । वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१६ बसपार्कस्थित ग्यारेजमा पार्किङ गरी राखेको अवस्थाबाट ग्यारेजको ताल्चा फुटाई लक तोडी चोरी गरी भागेकोमा तत्काल चेकिङ ड्युटीमा खटिएको टोलीले तिनै जनालाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।

उक्त ग्यारेज भन्दा १०० मिटर  दक्षिण सडकबाट माेटरसाइकल चोरीमा प्रयोग भएका रिञ्च तथा साँचो समेत नियन्त्रणमा लिई चोरी कसूरमा अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए । 

यस्तै, मंगलबार पनि माेटरसाइकल चाेरीकाे आराेपमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।                                              

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...