Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पर्सामा एक सय ६७ मतदान स्थल र ४०४ मतदान केन्द्र निर्धारण

spot_img
spot_img

वीरगंज । पर्सामा एक सय ६७ मतदान स्थल र ४०४ मतदान केन्द्र निर्धाण गरिएकाे छ । बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनकाे लागि पर्सामा पुरानै मतदान स्थल कायम रहेकाे र मतदान केन्द्रहरु मतदाता संख्याकाे आधारमा बढाइएकाे जिल्ला निर्वाचन अधिकारी रंजिता झाले जानकारी दिइन । 

सबभन्दा बढी मतदाता रहेकाे वीरगंज महानगरपालिकामा ५५ मतदान स्थल, १४३ मतदान केन्द्र र सबै भन्दा कम मतदाता रहेकाे धाेबिनी गाउँपालिकामा ७ मतदान स्थल र १६ मतदान केन्द्र निर्धारण गरिएकाे अधिकारी झाले वताइन । वीरगंज महानगरपालिकामा एक लाख २४ हजार ६ सय ४७ र धाेबिनी गाउँपालिकामा १२ हजार २ सय ६७ मतदाता रहेका छन् ।

उनका अनुसार पाेखरिया नगरपालिकामा ११ मतदान स्थल र २४ मतदान केन्द्र, बहुदरमाई नगरपालिकामा पनि ११ मतदान स्थल र २८ मतदान केन्द्र, पर्सागढी नगरपालिकामा १२ मतदान स्थल र २७ मतदान केन्द्र निर्धारण गरिएकाे छ ।

यसैगरी, पटेर्वा सुगाैली गाउँपालिकामा ८ मतदान स्थल र १७ मतदान केन्द्र, ठाेरी गाउँपालिकामा ७ मतदान स्थल र १७ मतदान केन्द्र, जिराभवानी गाउँपालिकामा ९ मतदान स्थल र १८ मतदान केन्द्र, कालिकामाई गाउँपालिकामा ६ मतदान स्थल र १५ मतदान केन्द्र, सखुवा प्रसाैनी गाउँपालिकामा ७ मतदान स्थल र २१ मतदान केन्द्र, बिन्दवासिनी गाउँपालिकामा ९ मतदान स्थल र २० मतदान केन्द्र, पकहा मैनपुर गाउँपालिका ६ मतदान स्थल र १५ मतदान केन्द्र, जगरनाथपुर गाउँपालिकामा ११ मतदान स्थल र २३ मतदान केन्द्र, छिपहरमाई गाउँपालिकामा ८ मतदान स्थल र २० मतदान केन्द्र निर्धारण गरिएकाे छ ।

पाेखरियामा १९ हजार ६ सय ६४, बहुदरमाईमा २४ हजार ३ सय १३, पर्सागढीमा २२ हजार ८ सय ७, पटेर्वा सुगाैलीमा १३ हजार ९ सय २०, ठाेरीमा १४ हजार ७ सय ८, जिराभवानीमा १३ हजार ९ सय २९, कालिकामाईमा १२ हजार ९ सय ७५, सखुवा प्रसाैनीमा १९ हजार ७ सय ६३, बिन्दवासिनीमा १४ हजार ८ सय ४, पकहा मैनपुरमा १२ हजार ३ सय १४, जगरनाथपुरमा १८ हजार ६१ र छिपहरमाईमा १५ हजार ६ सय ६४ जना मतदाता रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराएकाे तथ्यांक अनुसार पर्सामा कुल मतदाता ३ लाख ३९ हजार ८ सय ३६ रहेका छन् । जस मध्ये महिला मतदाता एक लाख ४८ हजार २ सय ८३, पुरुष मतदाता एक लाख ९१ हजार ५ सय ३७ र अन्य १६ जना रहेका छन् ।

पर्सामा ३३ दल निर्वाचनमा सहभागि हुने 

पर्सामा ३३ वटा दल स्थानिय तहकाे निर्वाचनमा सहभागि हुने निर्वाचन अधिकारी झाले झानकारी दिइन । उनले राष्ट्रिय ६ वटा र अन्य २७ गरी ३३ वटा दल निर्वाचनमा सहभागि हुने वताइन । यसका अलवा केहीले स्वतन्त्र उम्मेदवारी दिन सक्नै वताउँदै झाले ४० सम्म पुग्ने अनुमान रहेकाे वताइन ।

अहिले निर्वाचन आयाेगकाे निर्देशन अनुसार निर्वाचन सामग्री खरिदकाे काम भइरहेकाे उनले वताइन । अधिकारी झाले बैशाख ८ गते स्थानिय स्तरमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गर्ने कार्य तालिका रहेकाे समेत जानकारी गराइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...