Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

गाउँपालिकाकाे भवन निर्माणकाे लागि अध्यक्ष जयसवालकाे आमा-बुवाद्वारा जग्गा दान

spot_img
spot_img

वीरग‌ंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाकाे भवन निर्मणकाे लागि गाउँपालिका अध्यक्ष प्रदिप जयसवालका आमा-बुवाले जग्गा दान गरेका छन् । अध्यक्ष जयसवालका बुवा रामेश्वर प्रसाद कलवार र आमा कलवाती देवीले ९ कठ्ठा २ धुर जग्गा दान गरेका हुन् ।

गाउँपालिकाकाे वडा नं. २ पंचगावा बजारस्थित दान गर्नु भएकाे जग्गामा निर्माण हुने गाउँपालिकाको प्रशासनिक भवनकाे भुमि पुजन कार्यक्रम साेमबार हुने भएकाे छ । पूर्व उप प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवकाे प्रमुख आतिथ्यतामा हुने भुमि पुजन कार्यक्रमकाे सम्पूर्ण तयारी पुरा भएकाे गाउँपालिका अध्यक्ष प्रदिप जयसवाले वताए । 

यता नेकपा एमाले, नेपाली कांग्रेस लगायतका केही राजनीतिक दलले गाउँ कार्यपालिकाकाे कार्यालय सखुवा प्रसाैनीमा तालाबन्दी गरेका छन् । 

कार्यालय समय सकाएर कर्मचारीहरु घर तर्फ लाग्दा केही राजनितिक दलका व्यक्तिहरुले गाउँपालिका कार्यालयमा आएर तालाबन्दी गरेकाे जानकारी प्राप्त भएकाे गाउँपालिका अध्यक्ष जयसवाले वताए ।

उनले साेमबार हुने गाउँ कार्यापालिका कार्यालयकाे भवन शिलान्यास कार्यक्रमलाई नै प्रभावित पार्ने उद्देश्यले तालबन्दी गरिएकाे वताए ।

उनले भने “अन्य पालिकाकाे तुलनामा सखुवाप्रसाैनी गाउँपालिकाकाे काम कारवाहिमा विभिन्न वहाना बाजी गरी पटक पटक विपक्षी दलले अवराेध गर्दै आएका छन् । आज पनि प्रमुख प्रशासकिय अधिकृतले राजनीतिक दलकाे माग बमाेजिम कागजात बुझाएर साझ ५ बजे कार्यालय बन्द गरि कर्मचारिसहित हिडेपछि ताला बन्दी गरेकाे संचार माध्यममा भन्नुकाे कुनै तुक छैन ।” 

अध्यक्ष जयसवालले निर्वाचन नजिकिएस‌ंगै मेराे पक्षमा जन लहर भए कै कारण केही गाउँपालिका अध्यक्षका प्रत्यासीसहिहरुले अवराेधकाे राजनीतिक सुरु गरेकाे वताए । 

चुनाव नजिकिसंग जनतामा जानू पर्नेमा विपक्षि दलहरूले कार्यालयकाे काममा अवराेध पुर्याउन खाेजेका छन् । जस कारण गाउँपालिकावासिहरूले नै सास्ती खेप्नु पर्ने अध्यक्ष जसवाले कालिका टाईम्ससंग संक्षिप्त कुरा गर्दै वताए ।
spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...

जबरजस्ती करणीको आरोपमा वीरगंजका निखिल सिंह पक्राउ

वीरगंज । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगंजका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी अन्दाजी २८...