Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

लाेकतान्त्रिक प्रगतिशिल समुहका उम्मेदवारहरु भाेट माग्न वीरगंजमा

spot_img
spot_img

वीरगंज । नेपाल बार एशाेसिएशन केन्द्रिय कार्य समिति निर्वाचनमा बृहत लाेकतान्त्रिक प्रगतिशिल समावेशी तथा पेशागत कानून व्यवसायी समुहका उम्मेदवारहरुकाे परिच्यात्मक एवम् स्वागत कार्यक्रम बुधबार वीरगंजमा सम्पन्न भएकाे हाे ।

चैत १९ गते हुने निर्वाचनकाे लागि मत माग्न वीरगंज आएका बरिष्ठ अधिवक्ता गाेपाल कृष्ण घिमिरे नेतृत्वकाे समुहका उम्मेदवारहरुकाे परिच्यात्मक तथा स्वागत कार्यक्रम सम्पन्न भएकाे हाे । 

वीरगंजस्थित नगर सभा गृहमा भएकाे कार्यक्रममा समुहकाे तर्फबाट महासचिवका उम्मेदवार रहेकी अधिवक्ता अन्जिता खनालले उम्मेदवारहरुकाे परिचय गराएकी थिइन । उनले समुहकाे तर्फबाट महिला उपाध्यक्षमा अधिवक्ता आशा राई, प्रदेश नं. १ बाट उपाध्यक्षमा अधिवक्ता सुरज खत्री, मधेश प्रदेशबाट अधिवक्ता सुधिर कुमार कर्ण, बागमती प्रदेशबाट अधिवक्ता हर्क बहादुर रावल, गण्डकी प्रदेशबाट अधिवक्ता विरेन्द्र केसी, लुम्बनी प्रदेशबाट अधिवक्ता प्रशुपति भण्डारी, कर्णाली प्रदेशबाट अधिवक्ता उत्तम प्रसाद अचार्य, सुदुर पश्चिम प्रदेशबाट अधिवक्ता तुलाराम गिरी र काेषाध्यक्षमा भरत बहादुर राउत उम्मेदवार रहेकाे परिचय गराइन । 

यस्तै, समुहकाे तर्फबाट खुल्ला सदस्यमा अधिवक्ता भरत कुमार लकाई, अधिवक्ता देवी प्रसाद काेइराला, अधिवक्ता निर्भय राज पाैडेल, अधिवक्ता संताेष कुमार राउत, अधिवक्ता गुणराज अचार्य, अधिवक्ता संताेष तिवारी, दलित तर्फ अधिवक्ता विनिता नेपाली, मधेशी मुस्लिम उपत्यका बाहिरबाट अधिवक्ता किरण कुमार साह, मधेशी खल्ला तर्फ अधिवक्ता नरेश कुमार साह,  आदिवासी जनजाती उपत्यका बाहिरबाट अधिवक्ता नारायण दास राई, आदिवासी जनजाति खुल्ला तर्फ अधिवक्ता रुप बहादुर सारु, खुल्ला महिला उपत्यका बाहिरबाट अधिवक्ता सिता पाैडेयाल, खुल्ला महिलाबाट अधिवक्ता शर्मिला थापा बिष्ट र उपत्यका बाहिरबाट जितेन्द्र बहादुर माडे उम्मेदवार रहेकाे परिचय गराउँदै खनालले आफ्नाे समुहका सबै उम्मेदवारलाई मतदान गरी विजयी गराउन आग्रह गरिन ।

कार्यक्रममा वाेल्दै अध्यक्ष पदका उम्मेदवार बरिष्ठ अधिवक्ता गाेपाल कृष्ण घिमिरेले विकृति, विसङगति तथा भ्रष्टाचारमृक्त न्यायपालिका बनाउन आफ्नाे चाहना रहेकाे वताए । उनले आफ्नाे समुहलाई विजयी गराएकाे खण्डमा व्यवसायीक हक, प्रतिष्ठा र पेशागत मर्यादामा आँच आउने काम कहिले नगर्ने प्रतिवद्धता जनाए ।

निर्वाचन परिचालन समिति पर्साका अध्यक्ष दिपक राज भण्डारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बरिष्ठ अधिवक्ता देवेन्द्र सिंह, प्रहलाद पाेखरेल, उच्च अदालत वीरगंज बारका अध्यक्ष अधिवक्ता प्रमाेद साह, जिल्ला अदालत पर्सा बारका अध्यक्ष अधिवक्ता ओमप्रकाश गुप्ता, अधिवक्ता पानालाल गुप्ता लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन अधिवक्ता शैलेन्द्र चाैरसियाले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...