Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

जसपा परित्यागकाे कारण आफुमाथि कुटपिट भएकाे मिकरानीकाे आरोप

spot_img
spot_img

वीरगंज । सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ७ निवासी मोहमद इसा मिकरानी पार्टी परित्याग गरेकै कारण आफु माथि जसपाका कार्यकर्ताले कुटपिट गरेको आरोप लगाएका छन ।

चैत्र ३ गते कुटपिटबाट घाइते भई वीरगंजस्थित नेश्नल मेडिकल कलेजमा उपचार गराइरहेका मिकरानीले संचारकर्मीहरुसंग कुरा गर्दै आफु पार्टी परित्याग गरेकै कारण ज्यान मार्ने उदेश्यले हमला गरिएको आरोप लगाएका हुन् । जनता समाजवादी पार्टीलाई परित्याग गरी माओवादी पार्टीमा प्रवेश गरेकै कारण सर्लाही क्याम्पस चिफ बताउने राजेश राय यादवले आफु माथि हातपात गर्नुको साथै ज्यान मार्ने उदेश्यले नै हमला गरेको आरोप पिडित मिकरानीले लगाएका हुन ।

मलंगवा नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा उम्मेदवारी दिने भएको कारण आफुलाई निर्घात कुटपिट गरिएको हुन सक्ने मिकरानीले दावी गरेका छन् । बिगत ५ दिनदेखी नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका मिकरानीले रातिको समयमा जनता समाजवादी पार्टीका कार्यकर्ता र क्याम्पस चिफ बताउने राजेश राय यादवले आफु माथि ज्यान नै मार्ने उदेश्यले एक्कासी हमला गरेको बताए ।

उनका अनुसार हमला गर्ने गिरोह लगायत राजेश राय यादवमाथि कानुनी उपचार गर्न अवाश्यक रहेको हुँदा नेपाल सरकारको कानुन बमोजिम कारवाही गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई अपिल समेत गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...