Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

जसपा परित्यागकाे कारण आफुमाथि कुटपिट भएकाे मिकरानीकाे आरोप

spot_img
spot_img

वीरगंज । सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ७ निवासी मोहमद इसा मिकरानी पार्टी परित्याग गरेकै कारण आफु माथि जसपाका कार्यकर्ताले कुटपिट गरेको आरोप लगाएका छन ।

चैत्र ३ गते कुटपिटबाट घाइते भई वीरगंजस्थित नेश्नल मेडिकल कलेजमा उपचार गराइरहेका मिकरानीले संचारकर्मीहरुसंग कुरा गर्दै आफु पार्टी परित्याग गरेकै कारण ज्यान मार्ने उदेश्यले हमला गरिएको आरोप लगाएका हुन् । जनता समाजवादी पार्टीलाई परित्याग गरी माओवादी पार्टीमा प्रवेश गरेकै कारण सर्लाही क्याम्पस चिफ बताउने राजेश राय यादवले आफु माथि हातपात गर्नुको साथै ज्यान मार्ने उदेश्यले नै हमला गरेको आरोप पिडित मिकरानीले लगाएका हुन ।

मलंगवा नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा उम्मेदवारी दिने भएको कारण आफुलाई निर्घात कुटपिट गरिएको हुन सक्ने मिकरानीले दावी गरेका छन् । बिगत ५ दिनदेखी नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका मिकरानीले रातिको समयमा जनता समाजवादी पार्टीका कार्यकर्ता र क्याम्पस चिफ बताउने राजेश राय यादवले आफु माथि ज्यान नै मार्ने उदेश्यले एक्कासी हमला गरेको बताए ।

उनका अनुसार हमला गर्ने गिरोह लगायत राजेश राय यादवमाथि कानुनी उपचार गर्न अवाश्यक रहेको हुँदा नेपाल सरकारको कानुन बमोजिम कारवाही गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई अपिल समेत गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...