Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पर्सामा “घर-घर जाउ, कांग्रेस जिताउ” अभियानकाे शुभारम्भ, दुई वडाध्यक्षहरुले गरे प्रबेश

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसकाे “घर-घर जाउ, कांग्रेस जिताउ” अभियान मंगलबार पर्सामा शुभारम्भ गरिएकाे छ । वीरगंजस्थित साह दरबार हाेटलमा एक समाराेहकाे आयाेजना गरी अभियानकाे शुभारम्भ गरिएकाे हाे ।

अभियानकाे नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री अजय कुमार चौरसिया र केन्द्रिय प्रतिनिधि डा.चन्द्र मोहन यादवले संयुक्त रुपमा गमलामा पानी हालेर उदघाटन गरेका थिए ।

स्थानिय तहकाे निर्वाचनलाई मध्यनजर गर्दै कांग्रेसले सुरु गरेकाे कांग्रेस जिताउ अभियान बुधबारदेखी पर्साकाे १४ पालिकामा संचालन हुने कांग्रेस पर्साका सह सचिव नविन सिंहले जानकारी दिए । अभियान संचालनकाे लागि जिल्लाकाे सबै वडा वडामा प्रतिनिधि खटाइएकाे सिंहले वताए ।

कार्यक्रममा बहुदरमाई नगरपालिकाकाे वडा नं. १ का वडाध्यक्ष प्रमाेद यादव र वडा नं. ८ का वडाध्यक्ष पुनिलाल साहले कांग्रेसमा प्रबेश गरेकाे कालिकामाई गाउँपालिकाका सभापति छठु साहले जानकारी दिए । तत्कालिन राष्ट्रिय जनता पार्टीबाट दुबै वडाध्यक्षहरु निर्वाचित भएका थिए भने हाल लाेकतान्त्रिक समाजवादी पार्टीमा थिए ।

जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा भएकाे कार्यक्रममा पूर्व मन्त्री सुरेन्दर चाैधरी, संविधान सभा सदस्य अनल रुंगटा, प्रदेश सभा सदस्य राजेश्वर साह, शंकर चाैधरी, जिल्ला उप सभापति रामनारायण प्रसाद कुर्मी, अशाेक कुमार गुप्ता, सचिव इम्तियाज आलम, दिनेश कुमार चाैधरी, पूर्व सचिव श्याम पटेल, पर्सा क्षेत्र नं. ४ का सभापति श्रीकान्त यादव, बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साह, पर्सागढी नगरपालिकाका मेयर लाेकनारायण यादव, पाेखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियार लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...