Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

लैङ्गिक उत्तरदायी शिक्षण पद्धती तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । लैङ्गिक उक्तरदायि शिक्षण पद्धती विषयगत दुई दिने तालिम मंगलबार वीरगंजमा सम्पन्न भएकोछ ।भिएसओ नेपाल र दिव्य युवा क्लबको साझेदारीमा संचालित किशोरी सशक्तिकरणको लागि शिक्षा कार्यक्रम अन्तर्गत तालिम सम्पन्न भएकाे हाे ।

वीरगंजस्थित भिष्वा होटलमा भएकाे तालिममा परियोजना अन्तर्गतका ११ वटा विद्यालयका २२ जना शिक्षकहरुलाई विद्यालयमा समावेशी एंव लैङ्गिक मैत्री शिक्षण पद्धतीको विकास गरी समावेशी वतावरण सृजना गर्नको लागी अपनाईने विधीको बारेमा क्षमता विकास गरिएको परियाेजना संयाेजक गणेश बहादुर ठकुरीले जानकारी दिए ।

तालिम पश्चात विद्यालमा लैङ्गिकमैत्री वातावरण तयारी भई लैङ्गिक मैत्री शिक्षण पद्धतीको विकास हुने संयोजक ठकुरीले वताए ।

तालिम समापन सत्रमा दिब्य युवा क्लवका अध्यक्ष उमेश चाैहानले तालिमका सहभागीहरु सिकेका सिकाईलाई विद्यालयमा लागु गरे मात्र तालिमले सार्थकता पाउने वताउँदै सहभागी शिक्षकहरुलाई कार्यान्वयनको लागी आग्रह समेत गरेका थिए ।

 तालिममा फियुचर नेपालका प्रशिक्षकद्वय सुशिल राज गीरी र नवराज थापा क्षेत्रीले प्रशक्षण दिएका थिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...