Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

लाेसपा पाेखरियाका नेता राजु साह पनि जसपा प्रबेश

spot_img
spot_img
वीरगंज । पर्साकाे देस्राे सदरमुकामकाे रुपमा चिनिने पाेखरियामा पनि जसपाकाे आम सभा तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ । जसपा पर्सा क्षेत्र नम्बर ३ काे आयोजनामा भएकाे कार्यक्रममा लाेसपा पाेखरियाका नेता राजु साह तेली प्रबेश गरेका हुन् ।
 
तेलीलाई कार्यक्रमका प्रमुख अतिथी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले फुल माला र अबिरकाे टिका लगाएर पार्टीमा स्वागत गरेका थिए । तेली पोखरियाका चर्चित नेता हुन् । जसपा प्रबेशसंगै पाेखरियाकाे मेयरमा तेली नै चुनाव लडने चर्चा सुरु भएकाे छ ।
 
तेलीकाे नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी सयाैंकाे संख्यामा स्थानियहरु जसपा प्रबेश गरेकाे वताइएकाे छ ।
 
यसैगरि पकहा मैनपुर गाउँपालिकाबाट बिजय चौरसियाको पहलमा र पटेर्वा सुगौली गाउँपालिकाबाट दिपक यादवको पहलमा दर्जनाैंकाे संख्यामा स्थानियहरु जसपामा प्रबेश गरेका छन् ।
 
लोसपाले ओलिका मतियार भएर मधेसको भवना बिपरित क्रियाकलापमा सक्रिय भई बिधिबिधान बाहिर हिसाबले पार्टी संचालन गरेकोमा पार्टी छोडनु परेको जसपा प्रबेश गरेकाे तेलीले वताए । उनले भने “आफुहरु मधेस आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरि मधेसको लागि लडाइ गरेका थियाैं र बाकी अधिकारको लडाई लडनु पर्ने भएकोले सोको एक मात्र विकल्प जसपा रहेकोले आफुहरु लोसपा परित्याग गरि जसपा प्रवेश गरेका्े छाैं ।”
 
जसपा पर्सा क्षेत्र नम्बर ३ का अध्यक्ष नागेन्द्र यादवको अध्यक्षतामा सम्पन्न आमसभा तथा पार्टी प्रबेश कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गदी, पर्सा क्षेत्र नम्बर ३ का निलम्वित प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियार, केन्द्रिय सदस्य फिरोज मन्सुर, प्रदेश साँसद मन्जुर अन्सारी, प्रदेश सदस्य गौरीशंकर साह, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, पोखरिया नगरपालिकाकी उप प्रमुख सलमा खातुन, बिन्दवसिनी गाउँपालिका अध्यक्ष श्रीलाल साह लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियाे भने कार्यक्रमकाे संचालन युवा नेता शिव कुमार साहले गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...