Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

लाेसपा पाेखरियाका नेता राजु साह पनि जसपा प्रबेश

spot_img
spot_img
वीरगंज । पर्साकाे देस्राे सदरमुकामकाे रुपमा चिनिने पाेखरियामा पनि जसपाकाे आम सभा तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ । जसपा पर्सा क्षेत्र नम्बर ३ काे आयोजनामा भएकाे कार्यक्रममा लाेसपा पाेखरियाका नेता राजु साह तेली प्रबेश गरेका हुन् ।
 
तेलीलाई कार्यक्रमका प्रमुख अतिथी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले फुल माला र अबिरकाे टिका लगाएर पार्टीमा स्वागत गरेका थिए । तेली पोखरियाका चर्चित नेता हुन् । जसपा प्रबेशसंगै पाेखरियाकाे मेयरमा तेली नै चुनाव लडने चर्चा सुरु भएकाे छ ।
 
तेलीकाे नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी सयाैंकाे संख्यामा स्थानियहरु जसपा प्रबेश गरेकाे वताइएकाे छ ।
 
यसैगरि पकहा मैनपुर गाउँपालिकाबाट बिजय चौरसियाको पहलमा र पटेर्वा सुगौली गाउँपालिकाबाट दिपक यादवको पहलमा दर्जनाैंकाे संख्यामा स्थानियहरु जसपामा प्रबेश गरेका छन् ।
 
लोसपाले ओलिका मतियार भएर मधेसको भवना बिपरित क्रियाकलापमा सक्रिय भई बिधिबिधान बाहिर हिसाबले पार्टी संचालन गरेकोमा पार्टी छोडनु परेको जसपा प्रबेश गरेकाे तेलीले वताए । उनले भने “आफुहरु मधेस आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरि मधेसको लागि लडाइ गरेका थियाैं र बाकी अधिकारको लडाई लडनु पर्ने भएकोले सोको एक मात्र विकल्प जसपा रहेकोले आफुहरु लोसपा परित्याग गरि जसपा प्रवेश गरेका्े छाैं ।”
 
जसपा पर्सा क्षेत्र नम्बर ३ का अध्यक्ष नागेन्द्र यादवको अध्यक्षतामा सम्पन्न आमसभा तथा पार्टी प्रबेश कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गदी, पर्सा क्षेत्र नम्बर ३ का निलम्वित प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियार, केन्द्रिय सदस्य फिरोज मन्सुर, प्रदेश साँसद मन्जुर अन्सारी, प्रदेश सदस्य गौरीशंकर साह, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, पोखरिया नगरपालिकाकी उप प्रमुख सलमा खातुन, बिन्दवसिनी गाउँपालिका अध्यक्ष श्रीलाल साह लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियाे भने कार्यक्रमकाे संचालन युवा नेता शिव कुमार साहले गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...