Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

राष्ट्रि सहमति, सहकार्य र एकताको खाचो देखिदै छ : नेता चाैरसिया

spot_img
spot_img

वीरगंज । स्व. गिरिजा प्रसाद कोईरालाको १२ औं स्मृति दिवसको अवसरमा गिरिजा प्रसाद फाण्डेशन पर्साकाे आयाेजनामा साेमबार अलौंमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली काग्रेंसका पुर्व मन्त्रि तथा केन्द्रिय सदस्य अजय कुमार चौरसियाले स्व. गिरिजा प्रसाद कोईरालाको मुल मन्त्र राष्ट्रि सहमति सहकार्य र एकताको खाचो अहिले देखिएको बताए । उनले गिरिजा बाबु नेपालका मात्र न भई एसिया महाद्विपका नै एक असल र कुसल राज नेता रहेकाे दाबी गरेका थिए ।

नेपाल बुलेटको घेरामा परेको बेला राज्यलाई ब्यालेटमा ल्याएर देशलाई निकास दिई राजनितिक स्थाईत्व समेत कायम गरेको उनले बताए ।  मधेशी दलले भ्रष्टाचारको पराकाष्ठा नाघेको मधेशी जनतासंग झुटको खेति मात्र गरेको वताउँदै कांग्रेस पर्साका अध्यक्ष जर्नादन सिंह क्षेत्रिले भ्रम र झुटको खेति गर्नेहरुको पछि नलाग्न आग्रह समेत गरेका थिए ।

फाउण्डेशन पर्साले स्मृति दिवसको अवसरमा अलौका ७० जना वृद्ध वृद्धाहरुलाई सम्मान समेत गरेको थियाे । नेपाली कांग्रेस मार्फत देश र जनताका लागि आफनो समाजिक योगदान पुर्याएकोहरुलाई सम्मान गरेको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले बताए ।

नेपाली कांग्रेसका क्षेत्रिय सभापति समेत रहेका अध्यक्ष सहाबुदिनको अध्यक्षतामा भएकाे कार्यक्रममा कांग्रेस पर्साका उप सभापति राम नारायण प्रसाद कुर्मी, नेता दिना प्रसाद गुप्ता, नरेन्द्र साह लगायतका नेता तथा कार्यक्रताको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन हरिनारायण प्रसाद यादव र स्वागत दिलिपराज कार्कीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...