Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

चाेरीकाे माेटरसाइकलसहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । प्रहरीले चाेरीकाे माेटरसाइकलसहित एक जनालाई पक्राउ गरेकाे छ । वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१४ बस्ने वर्ष २३ को सुमन पटेललाई प्रहरीले पक्राउ गरेकाे हाे ।

वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा बस्ने बर्ष ३० को नेजामुल हक अन्सारीको नाममा दर्ता रहेका ना.५५ प. ४९८६ नम्बरको रोयल ब्लू रंगको १५० CC को पल्सर मोटरसाइकलसहित पटेललाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

शुक्रबार विहान १० बजे सवारीधनीकाे घर आँगनमा पार्किङ गरी राखिएको अवस्थामा पटेलले लक तोडी चोरी गरी लगी सिर्सिया ड्राईपोर्ट भित्र पुरानो कन्टेनर भित्र लुकाइ छिपाई राखिएको खुल्न आएको हुँदा उक्त मो.सा.बरामद गरी  निजमाथि चोरी कसूरमा अनुसन्धान भैरहेको व्यहोरा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

पर्सामा दिनहुँ जसाे माेटरसाइकल चाेरहरु पक्राउ परे पनि प्रहरीकाे फित्लाे गस्तीका कारण माेटरसाइकल चाेरीकाे घटनामा कमी आउन सकेकाे छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...