Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

चाेरीकाे माेटरसाइकलसहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । प्रहरीले चाेरीकाे माेटरसाइकलसहित एक जनालाई पक्राउ गरेकाे छ । वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१४ बस्ने वर्ष २३ को सुमन पटेललाई प्रहरीले पक्राउ गरेकाे हाे ।

वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा बस्ने बर्ष ३० को नेजामुल हक अन्सारीको नाममा दर्ता रहेका ना.५५ प. ४९८६ नम्बरको रोयल ब्लू रंगको १५० CC को पल्सर मोटरसाइकलसहित पटेललाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

शुक्रबार विहान १० बजे सवारीधनीकाे घर आँगनमा पार्किङ गरी राखिएको अवस्थामा पटेलले लक तोडी चोरी गरी लगी सिर्सिया ड्राईपोर्ट भित्र पुरानो कन्टेनर भित्र लुकाइ छिपाई राखिएको खुल्न आएको हुँदा उक्त मो.सा.बरामद गरी  निजमाथि चोरी कसूरमा अनुसन्धान भैरहेको व्यहोरा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

पर्सामा दिनहुँ जसाे माेटरसाइकल चाेरहरु पक्राउ परे पनि प्रहरीकाे फित्लाे गस्तीका कारण माेटरसाइकल चाेरीकाे घटनामा कमी आउन सकेकाे छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...