Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

जसपा प्रबेश गर्दै नेता सिंह

spot_img
spot_img

वीरगंज । कुनै समयमा एक अर्काका प्रतिश्पर्धी मानिने जनता समाजवादी पार्टी (जसपा)का नेता प्रदीप यादव र राजेशमान सिंह एकै ठाउँमा उभिएका छन् । केही साता अगाडी मात्रै लोकतान्तिक समाजवादी पार्टी (लोसपा) त्यागेर नेकपा एमाले प्रवेश गर्न लागेका राजेशमान सिंह र जसपा नेता प्रदिप यादव बिच बुधबार पार्टी प्रबेश बारे छलफल भएकाे हाे ।

छलफलकाे क्रममा दुबै नेता बिच पार्टी प्रबेश बारे सहमती जुटेकाे बुझिएकाे छ । आफूसँग धोका भएको भन्दै एमाले प्रबेश नगर्ने निर्णयमा पुगेका सिंहले जसपा रोजेका हुन् । सिंहले चैत ७ गते पोखरीया आयोजना हुने कार्यक्रममा जसपा प्रवेश गर्ने बताइएको छ । 

संविधानसभा सदस्य राजकुमार गुप्ता समूहसँग वीरगञ्ज महानगरपालिकामा मेयरको टिकट पाउने आश्वाशनसहित सिंहले एमाले प्रवेश गर्ने तयारीमा थिए । तर, एमाले पर्सा भित्रकै अर्को समूहले उनका प्रतिद्वन्द्वीसमेत रहेका वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई पार्टी प्रवेश गराएपछि उनि अन्योलमा परेका थिए । 

सरावगीलाई पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको तर्फबाट वीरगञ्ज महानगरको मेयरको टिकट दिने आश्वासन दिएका छन् । सरावगीको प्रवेशसँगै सिंह र उनिमध्ये पार्टीबाट मेयरको टिकट कसले पाउँछ भन्ने विषयमा एमाले भित्र पनि मतान्तर बढ्दै गएको थियो । 

यद्दपी, एमाले भित्र टिकट पाउने दौडमा निर्वाचित मेयरले प्राथमिकता पाउने देखिएपछि सिंह जसपामा जाने निस्कर्षमा पुगेको हुन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...