Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

तेली समाजकाे हाेली मिलन सम्पन्न, नयाँ कार्य समिति बिस्तार

spot_img
spot_img

वीरगंज । तेली कल्याण समाज पर्साकाे आयाेजनामा बुधबार हाेली मिलन कार्यक्रम सम्पन्न भएकाे छ । रेडियाे वीरगंज परिसरमा भएकाे कार्यक्रममा सहभागिहरुले एक अर्कालाई अवर लगाउँदै हाेलीकाे शुभकामना आदान प्रदान गरेका थिए ।

कार्यक्रममा तेली कल्याण समाज पर्साकाे नवगठित जिल्ला कार्य समितिकाे नाम समेत सार्वजनिक गरिएकाे थियाे । ध्रुव साहकाे अध्यक्षतामा २८ सदस्यीय नयाँ कार्य समिति चयन गरिएकाे तेली कल्याण समाजका केन्द्रिय उपाध्यक्ष विश्वनाथ साहले जानकारी दिए ।

नव गठित समितिकाे बरिष्ठ उपाध्यक्षमा हजारी साह, उपाध्यक्षमा श्रीलाल साह तेली, पारसनाथ प्रसाद साह, प्रदिप कुमार साह, महिला उपाध्यक्ष रेखा साह, सचिवमा विरेन्द्र साह, सह सचिव छाेटेलाल साह, काेषाध्यक्ष नितेश गुप्ता चयन भएकाे उनले जानकारी दिए ।

यस्तै समितिकाे सदस्यमा बालेश्ववर साह, कृष्णा साह, रामबाबु साह, लक्ष्मण साह, जगरनाथ साह, राजेन्द्र साह, माेतिलाल साह, ज्ञान बहादुर साह, चन्द्रिका साह, प्रमाेद कुमार साह, शिव साह तेली, राजेन्द्र प्रसाद साह भुलन साह, प्रेम कुमार साह, मुनिलाल साह, विकास कुमार साह, साेनालाल साह, गम्हीरा साह र महिला सदस्यमा अनिता साह चयन भएकाे उनले जानकारी गराए ।

समाजका अध्यक्ष ध्रुव साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश सभा सदस्य राजेश्वर साह, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक तेज पाेखरेल लगायतकाे सहभागिता रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...