Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पूर्व महाधिवेशन प्रतिनिधि मियाँकाे निधन, नेता रिजालले दिए श्रद्धान्जली

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका पूर्व महाधिवशेन प्रतिनिधि एवम् साविक महादेवपट्टि गाबिसका पुर्व उपाध्यक्ष शेख अब्दुल रहमान मियाँको निधन भएकाे छ ।  जिराभवानी गाउँपालिका वडा नं. १ बलुवा निवासी ७४ बर्षिय मियाँकाे मंगलबार विहान ९ बजे निधन भएकाे हाे ।

मियाँकाे निधनले नेपाली कांग्रेसलाई अपुरणिय क्षति पुगेकाे नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् मधेश प्रदेशका संयाेजक रमेश रिजालले वताए । मियाँलाई श्रद्धान्जली दिँदै नेता रिजाले कांग्रेसका इमान्दार सिपाही उनी रहेकाे वताए ।

मियाँकाे अन्तिम विदाई तथा श्रद्धान्जली दिन नेता रिजालकाे साथै मधेस प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, प्रदेश सांसद शंकर चौधरी, महाअधिवेशन प्रतिनिधि वशिष्ठनारायण प्रसाद कुर्मी, क्षेत्रिय सभापति श्रीकान्त यादव, जिल्ला सह सचिव नविन सिंह, नेता सहरुम राउत गद्दी लगायत नेता तथा कार्यकर्ता पुगेका थिए ।

मियाँकाे निधन प्रति नेपाली कांग्रेस पर्सा र पर्सा क्षेत्र नं. ४ काे क्षेत्रिय समितिले हार्दिक श्रद्धान्जली तथा संवेदना प्रकट गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...