Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

पूर्व महाधिवेशन प्रतिनिधि मियाँकाे निधन, नेता रिजालले दिए श्रद्धान्जली

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका पूर्व महाधिवशेन प्रतिनिधि एवम् साविक महादेवपट्टि गाबिसका पुर्व उपाध्यक्ष शेख अब्दुल रहमान मियाँको निधन भएकाे छ ।  जिराभवानी गाउँपालिका वडा नं. १ बलुवा निवासी ७४ बर्षिय मियाँकाे मंगलबार विहान ९ बजे निधन भएकाे हाे ।

मियाँकाे निधनले नेपाली कांग्रेसलाई अपुरणिय क्षति पुगेकाे नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् मधेश प्रदेशका संयाेजक रमेश रिजालले वताए । मियाँलाई श्रद्धान्जली दिँदै नेता रिजाले कांग्रेसका इमान्दार सिपाही उनी रहेकाे वताए ।

मियाँकाे अन्तिम विदाई तथा श्रद्धान्जली दिन नेता रिजालकाे साथै मधेस प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, प्रदेश सांसद शंकर चौधरी, महाअधिवेशन प्रतिनिधि वशिष्ठनारायण प्रसाद कुर्मी, क्षेत्रिय सभापति श्रीकान्त यादव, जिल्ला सह सचिव नविन सिंह, नेता सहरुम राउत गद्दी लगायत नेता तथा कार्यकर्ता पुगेका थिए ।

मियाँकाे निधन प्रति नेपाली कांग्रेस पर्सा र पर्सा क्षेत्र नं. ४ काे क्षेत्रिय समितिले हार्दिक श्रद्धान्जली तथा संवेदना प्रकट गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...