Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

नेकपा एसको विभिन्न वडामा बैठक, भेला र कमिटी बिस्तार

spot_img
spot_img

वीरगंज । नेकपा एकीकृत समाजबादी वीरगंज महानगर कमिटीले संगठन निर्माण अभियानलाई तिब्रता दिएको छ । पार्टीकाे  महानगर भित्रको जिल्ला कमिटी सदस्यहरुको बैठक शनिबार होटेल कुमु प्यालेसमा सम्पन्न भएको छ ।

वीरगंज महानगर कमिटीको अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई मध्य नजर गर्दै व्यापक निर्वाचन अभियान संचालन गर्ने निर्णय गरेको उपाध्यक्ष मन्जुर आलमले बताए । बैठकले महानगरको ३२ वटा वडामा विभिन्न जन संगठनका कमिटीहरु चैत १० गते भित्रमा गठन गरि सक्नु पर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै वीरगंज महानगरपालिकाकाे वडा नं. – १७ अलौमा पार्टीको वडा भेला एवं होलि मिलन समारोह सम्पन्न भएको छ । पार्टीको वडा कमिटी अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा आयोजित समारोहमा उल्लेख्य सहभागिता रहेको थियो ।

त्यसै गरि वीरगंज महानगरपालिकाकाे वडा नं. – २१ परवानिपुरमा पार्टी निकटको अनेमा संघ समाजबादीको भेला सम्पन्न भएको छ । सम्पन्न भेलाले धर्मशिला कुशवाहाको अध्यक्षता १५१ सदस्यीय वडा कमिटी गठन गरेको राजमहम्द अन्सारीले बताए ।

कर्यक्रममा पार्टीको पोलिट ब्युरो सदस्य एवं जिल्ला इन्चार्ज रामचन्द्र साह, पोलिट ब्युरो सदस्य एवं वीरगंज महानगर इन्चार्ज चिरञ्जीवी आचार्य, वीरगंज महानगर सचिव बृजलाल पसवान, पार्टीका मधेस प्रदेश सदस्यहरु बृज प्रसाद यादव, मनोज शर्मा लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...