Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेकपा एसको विभिन्न वडामा बैठक, भेला र कमिटी बिस्तार

spot_img
spot_img

वीरगंज । नेकपा एकीकृत समाजबादी वीरगंज महानगर कमिटीले संगठन निर्माण अभियानलाई तिब्रता दिएको छ । पार्टीकाे  महानगर भित्रको जिल्ला कमिटी सदस्यहरुको बैठक शनिबार होटेल कुमु प्यालेसमा सम्पन्न भएको छ ।

वीरगंज महानगर कमिटीको अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई मध्य नजर गर्दै व्यापक निर्वाचन अभियान संचालन गर्ने निर्णय गरेको उपाध्यक्ष मन्जुर आलमले बताए । बैठकले महानगरको ३२ वटा वडामा विभिन्न जन संगठनका कमिटीहरु चैत १० गते भित्रमा गठन गरि सक्नु पर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै वीरगंज महानगरपालिकाकाे वडा नं. – १७ अलौमा पार्टीको वडा भेला एवं होलि मिलन समारोह सम्पन्न भएको छ । पार्टीको वडा कमिटी अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा आयोजित समारोहमा उल्लेख्य सहभागिता रहेको थियो ।

त्यसै गरि वीरगंज महानगरपालिकाकाे वडा नं. – २१ परवानिपुरमा पार्टी निकटको अनेमा संघ समाजबादीको भेला सम्पन्न भएको छ । सम्पन्न भेलाले धर्मशिला कुशवाहाको अध्यक्षता १५१ सदस्यीय वडा कमिटी गठन गरेको राजमहम्द अन्सारीले बताए ।

कर्यक्रममा पार्टीको पोलिट ब्युरो सदस्य एवं जिल्ला इन्चार्ज रामचन्द्र साह, पोलिट ब्युरो सदस्य एवं वीरगंज महानगर इन्चार्ज चिरञ्जीवी आचार्य, वीरगंज महानगर सचिव बृजलाल पसवान, पार्टीका मधेस प्रदेश सदस्यहरु बृज प्रसाद यादव, मनोज शर्मा लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...