Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

कालिकामाईमा निशुल्क आँखा तथा दाँत शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ४ प्रशुरामपुरमा शनिबार निशुल्क आँखा तथा दांत शिविर सम्पन्न भएको छ । रोटरी र रोट्रेक्ट क्लब ऑफ वीरगंज मेट्रोपोलिसको संयुक्त आयोजनामा भएकाे शिविर सम्पन्न भएकाे हाे । 

श्री ने.रा.मा.बि. कट्टी बलुवामा भएको शिविरमा एक सय ६० जनाले आँखा र एक सय जनाले दाँतकाे परिक्षण गराएकाे आयाेजक राेटरी क्लब वीरगंज मेट्राेपाेलिसका सचिव नन्दन कुमार सचिवले जानकारी दिए । आँखा परिक्षण गरेकाहरु मध्ये ५७ जनामा माेतियाबिन्दु फेला परेकाे उनले जानकारी गराए । 

किरण आँखा अस्पताल र स्माइल डेन्टलकाे सहयाेगमा भएकाे शिविरमा नि:शुल्क औषधि समेत वितरण गरिएकाे राेट्रेक्ट क्लब आँफ वीरगंज मेट्राेपाेलिसका सचिव दिपु बर्णवालले जानकारी दिए ।

मोतिया बिन्दुबको समस्या देखिएका आँखा रोगीहरुलाई किरण आँखा अस्पतालमा सहुलियत दरमा शल्यक्रिया समेत गरिने सचिव बर्णवालले जानकारी गराए ।

शिविरमा कालिकामाई गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष हरिओम साह कलवार, रोटरी क्लब ऑफ वीरगंज मेट्रोपोलिसका प्रेसिडेन्ट दीपराज केएल, सचिव नन्दन चौरसिया, चन्दन सिंह, रोट्रेक्ट क्लब ऑफ वीरगंज मेट्रोपोलिसका उपाध्यक्ष रबिन श्रेष्ठ, पूर्व अध्यक्ष प्रकाश कर्ण, सचिव दीपू वर्णवाल, रोहित गुप्ता, अंशु बर्णवाल, रेशु अग्रवाल, आदत हवारीको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...