Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

प्रधानमन्त्री देउवा बिहिबार वीरगंज आउँदै

spot_img
spot_img

वीरगंज ।  प्रधानमन्त्री शेर बहादुर देउवा बिहिबार वीरगंज आउने भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औँ राष्ट्रि महाधिवेशन तथा २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको उद्घाटन गर्न देउवा वीरगञ्ज आउन लागेका हुन् । 

हेलिकप्टरमार्फत वीरगंज आउने प्रधानमन्त्री देउवाले आदर्शनगरस्थित लर्डस् दियालोमा खाना खाएर बिहान ११ बजेदेखि १ बजेसम्म कार्यकर्ता भेटघाट तथा पार्टीका जिल्ला अधिवेशनबाट निर्वाचित भएका नयाँ कार्य समितिलाई प्रमाण पत्र वितरण गर्ने कार्यक्रम रहेको पार्टीका केन्द्रिय सदस्य रमेश रिजालले जानकारी दिए ।

कार्यकर्ता भेटघाट तथा प्रमाण पत्र वितरण कार्यक्रम सकिएपछि २ बजे नगर सभा गृहमा आयाेजित महाधिवेशन उद्घाटन गरेर ३ बजे हेलिकप्टरमार्फत फर्किने कार्यक्रम रहेको केन्द्रिय सदस्य रिजालले बताए ।

प्रधानमन्त्री देउवा वीरगंज आउने भएपछि बुधबार नेपाली कांग्रेस पर्साकाे नव निर्वाचित जिल्ला कार्य समितिकाे अनाैपचारिक बैठक समेत बसेकाे थियाे । जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीकाे सभापतित्वमा बसेकाे बैठकमा पार्टीका केन्द्रिय सदस्य अजय चाैरसिया, पूर्व केन्द्रिय सदस्य सुरेन्द्र चाैधरी, नेता अनिल रुगंटा लगायतकाे उपस्थिती रहेकाे थियाे ।

फागुन २६ र २७ गते वीरगञ्जको नगर सभा गृहमा हुने महाधिवेशन तथा सम्मेलनमा प्रमुख अतिथीको रुपमा नेपाली काङ्ग्रेसका सभापतिसमेत रहेका देउवा आउने कार्यक्रम रहेको महासंघका केन्द्रिय अध्यक्ष श्याम प्रसाद गिरीले जानकारी दिए । 

भोली दिउँसो १ बजे नगर सभा गृहमा महाधिवेशन तथा सम्मेलनको देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...