Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

प्रधानमन्त्री देउवा बिहिबार वीरगंज आउँदै

spot_img
spot_img

वीरगंज ।  प्रधानमन्त्री शेर बहादुर देउवा बिहिबार वीरगंज आउने भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औँ राष्ट्रि महाधिवेशन तथा २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको उद्घाटन गर्न देउवा वीरगञ्ज आउन लागेका हुन् । 

हेलिकप्टरमार्फत वीरगंज आउने प्रधानमन्त्री देउवाले आदर्शनगरस्थित लर्डस् दियालोमा खाना खाएर बिहान ११ बजेदेखि १ बजेसम्म कार्यकर्ता भेटघाट तथा पार्टीका जिल्ला अधिवेशनबाट निर्वाचित भएका नयाँ कार्य समितिलाई प्रमाण पत्र वितरण गर्ने कार्यक्रम रहेको पार्टीका केन्द्रिय सदस्य रमेश रिजालले जानकारी दिए ।

कार्यकर्ता भेटघाट तथा प्रमाण पत्र वितरण कार्यक्रम सकिएपछि २ बजे नगर सभा गृहमा आयाेजित महाधिवेशन उद्घाटन गरेर ३ बजे हेलिकप्टरमार्फत फर्किने कार्यक्रम रहेको केन्द्रिय सदस्य रिजालले बताए ।

प्रधानमन्त्री देउवा वीरगंज आउने भएपछि बुधबार नेपाली कांग्रेस पर्साकाे नव निर्वाचित जिल्ला कार्य समितिकाे अनाैपचारिक बैठक समेत बसेकाे थियाे । जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीकाे सभापतित्वमा बसेकाे बैठकमा पार्टीका केन्द्रिय सदस्य अजय चाैरसिया, पूर्व केन्द्रिय सदस्य सुरेन्द्र चाैधरी, नेता अनिल रुगंटा लगायतकाे उपस्थिती रहेकाे थियाे ।

फागुन २६ र २७ गते वीरगञ्जको नगर सभा गृहमा हुने महाधिवेशन तथा सम्मेलनमा प्रमुख अतिथीको रुपमा नेपाली काङ्ग्रेसका सभापतिसमेत रहेका देउवा आउने कार्यक्रम रहेको महासंघका केन्द्रिय अध्यक्ष श्याम प्रसाद गिरीले जानकारी दिए । 

भोली दिउँसो १ बजे नगर सभा गृहमा महाधिवेशन तथा सम्मेलनको देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...