Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

प्रदेश स्तरीय जनवकालत तालीम शुरु

spot_img
spot_img

वीरगंज । जिल्ला हरवा चरवा अधिकार मंचका पदाधिकारीहरुको लागी प्रदेश स्तरीय दुई दिने जनवकालत र नेतृत्व बिकास सम्बन्धि तालीम मधेश प्रदेशकाे लहानमा शुरु भएको छ ।

रास्ट्रिय दलित नेटवर्कको आयोजना, द फ्रीडम फन्डको सहयोग र रास्ट्रिय हरवा चरवा अधिकार मंचको समन्वयमा सुरु भएकाे तालिमको उद्घाटन राष्ट्रिय हरवा चरवाका अध्यक्ष दशन मण्डले गरेका थिए ।

हरवा चरवा अधिकार मंच सिरहाको अध्यक्ष श्याम सुन्दर सदाको अध्यक्षतामा भएकाे उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष दशन मण्डले विभिन्न समस्या झेलेर दास्त्व जीवन बिताइ रहेका हरवा चरवाहरुको मुक्तिको लागी तालिम फलदायी हुने बताए ।

उद्घाटन समारोहमा मंचका माहासचिव लगेन्द्र सदा, कोषाध्यक्ष राजबती मण्डल, फ्रीडम फन्डका प्रोग्राम सल्लाहकार ज्याम श्रेष्ठ, कानुनी सल्लाहकार बालाराम भट्टराई, सल्लाहकार ब्रह्म्देव राम, जन वकालत अधिकृत रुपनरायन पासवानले मन्तव्य राखेका थिए भने कार्यक्रम माथी प्रकश रास्ट्रिय दलित नेटवर्कका टिम लिडर हुकुम सार्कीले पारेका थिए ।

दुई दिन सम्म चल्ने तालिममा समाजिक अभियान्ता अर्जुन थपालिया, ब्रह्मदेव राम, हुकुम सार्की, पत्रकार बृजलाल पासवान, अभियान्ता रुपनरायन पासवान लगायतले प्रशिक्षण दिनु हुने कार्यक्रम रहेको जनवकालत अधिकृत संजय रामले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...