Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

एकीकृत सरकारी कर्मचारी संगठन नेपाल दर्ता

spot_img
spot_img

काठमाडौं । निजामती सेवाका अर्काे बलियो संगठन जन्मिएको छ । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) निकट कर्मचारीहरुले नयाँ कर्मचारी संगठन दर्ता गरेका छन् । बुधबार श्रम विभागमा ‘एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल’ दर्ता भएको हो ।

१४ हजार ७ सय ५३ कर्मचारीको हस्ताक्षरसहित संगठन दर्ता गरिएको संगठनका अध्यक्ष मोहन घिमिरेले जानकारी दिए । निजामती सेवामा नयाँ संगठन दर्ता गर्न न्यूनतम ५ हजार हस्ताक्षर र २० वटा कार्यसमिति चाहिने प्रावधान निजामती सेवा नियमावलीमा छ । संगठनले ४७ वटा जिल्ला तथा विभागीय कार्यसमिति गठन गरेको छ ।

नेपाल निजामती कर्मचारी संगठन बिघटन गरी नयाँ संगठन बनाइएको घिमिरेले बताए । कर्मचारी संगठनको इतिहासमा सबैभन्दा धेरै हस्ताक्षरसहित कर्मचारी संगठन दर्ता भएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...