Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

कांग्रेसबाट कालिकामाई ४ का वडाध्यक्षकाे उम्मेदवार संजय साहलाई बनाउने निर्णय

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस कालिकामाई गाउँपालिका समितिकाे पहिलाे बैठक सम्पन्न भएकाे छ । गाउँपालिका सभापति छठु साहकाे सभापतित्वमा बसेकाे बैठकले गाउँपालिका अन्तर्गत रहेकाे १३ वटा टाेलमा महिला, दलित, युवा, विद्यार्थी र बस्ती, बस्तीमा कमिटी गठन गर्ने निर्णय गरेकाे छ ।

पार्टी कार्यालय मुडलीमा बसेकाे बैठकले कालिकामाईमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्ने, ज्ञापन पत्र बुझाउने, गाउँपालिकाकाे भवन निर्माणकाे लागि सम्बन्धित मन्त्रालयमा बजेट विनियाेजन गर्न माग गर्ने, वीरगंज चिनि कारखाना संचालनकाे लागि ज्ञापन पत्र मार्फत माग गर्ने र अगामी बैशाख ३० गते हुने स्थानिय निर्वाचनकाे लागि प्रचार प्रसार तिब्र  पार्ने निर्णय गरेकाे नेपाली कांग्रेस कालिकामाई गाउँपालिकाका सचिव रामानन्द ठाकुरले जानकारी दिए ।

यस्तै, नेपाली कांग्रेस कालिकामाई गाउँपालिका वडा न‌ं. ४ काे वडा समितिकाे बैठक सम्पन्न भएकाे छ । वडा सभापति सिकेन्द्र देवानकाे सभापतित्वमा बसेकाे बैठकले अगामी स्थानिय तहकाे निर्वाचनमा संजय कुमार साहलाई वडाध्यक्षकाे उम्मेदवार बनाउने सर्वसहमत निर्णय गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...