Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

spot_img
spot_img
वीरगंज । लागु औषध मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय पाेखरियाबाट खटिएकाे प्रहरी टाेलीले पर्साकाे छिपहरमाई गाउँपालिका वडा न‌ं. १ निवासी ५१ बर्षिय गुमानी साहलाई पक्राउ गरेकाे हाे ।
 
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ९ बर्ष पहिला २०६९ पुस ०६ गते राती १०:३० बजेको समयमा साविक मिर्जापुर गा.वि.स. वडा नं.४ हाल परिवर्तित छिपहरमाई गाउँपालिका वडा नं. १ स्थित रहेकाे साहको गोठघरबाट लागू औषध गाँजा बरामद भएकाे थियाे ।
 
प्रहरी चौकी मिर्जापुरबाट टोली खटि गएकाे साहको गाईगोठमा २ वटा टिनको ड्रम भित्रबाट लागु औषध गाँजा १४० किलो बरामद भएको थियाे ।
 
साेही मुद्दाका फरार प्रतिवादी साहलाई छिपहरमाई गाउँपालिका वडा नं. २ स्थितबाट पक्राउ गरी लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको अलौमा मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएको ९.५ किलो चरेस बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१७ अलौबाट सशस्त्र प्रहरीले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाइएको अवस्थामा करिब ९.५ किलो चरेसजस्तो देखिने पदार्थ बरामद गरेको छ...

तीन महिनापछि महानगर फर्किए मेयर राजेशमान सिंह, सम्हाले पदभार

वीरगंज । विशेष अदालतबाट सफाइ पाएपछि स्वतः पुनर्बहाली भएका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले तीन महिनापछि बुधबार महानगरपालिका कार्यालय पुगेर पुनः पदभार ग्रहण गरेका...

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...