Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

spot_img
spot_img
वीरगंज । लागु औषध मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय पाेखरियाबाट खटिएकाे प्रहरी टाेलीले पर्साकाे छिपहरमाई गाउँपालिका वडा न‌ं. १ निवासी ५१ बर्षिय गुमानी साहलाई पक्राउ गरेकाे हाे ।
 
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ९ बर्ष पहिला २०६९ पुस ०६ गते राती १०:३० बजेको समयमा साविक मिर्जापुर गा.वि.स. वडा नं.४ हाल परिवर्तित छिपहरमाई गाउँपालिका वडा नं. १ स्थित रहेकाे साहको गोठघरबाट लागू औषध गाँजा बरामद भएकाे थियाे ।
 
प्रहरी चौकी मिर्जापुरबाट टोली खटि गएकाे साहको गाईगोठमा २ वटा टिनको ड्रम भित्रबाट लागु औषध गाँजा १४० किलो बरामद भएको थियाे ।
 
साेही मुद्दाका फरार प्रतिवादी साहलाई छिपहरमाई गाउँपालिका वडा नं. २ स्थितबाट पक्राउ गरी लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...