Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

सखुवा प्रसौनीकी उपाध्यक्षद्वारा नै अध्यक्षमाथी दुर्व्यवहा

spot_img
spot_img

वीरगंज । पर्साको सखुवाप्रसौनी गाँउपालिकाका अध्यक्ष प्रदीप जयसवालले उपाध्यक्ष फुलमति देवी चौधरीले आफु माथि लगाएको आरोप निराधार रहेको बताएका छन् । उपाध्यक्ष चौधरीले आफु माथि हिजो गाँउपालिका अध्यक्ष जयसवालले कुटपिट गरि घाइते बनाएको भन्दै लगाएको आरोपको खण्डन गर्दै अध्यक्ष जयसवालले उपाध्यक्ष चौधरीको आरोप निराधार रहेको बताएका हुन् ।

पत्रकार सम्मेलनकाे आयाेजना गर्दै गाँउपालिका अध्यक्ष जयसवालले उल्टै उपाध्यक्ष चौधरीले आफुलाई दुव्र्यवहार गरेको बताए ।

हिजो आफनो कार्यकक्षमा आएर उपाध्यक्ष चौधरीले गाँउपारिषदका बारे विवाद गर्ने क्रममा अचानक आफु माथि पानीको बोत्तल प्रहार गरेको अध्यक्ष जयसवालको भनाइ छ । जयसवालले भने ,‘ म भन्दा पहिले नै उपाध्यक्ष चौधरी मेरो कार्यकक्षमा गएर बस्नु भएको थियो, म पुग्दा गाँउपरिषद किन मलाइ नसोधिकन गरेको भनेर गाली गर्न थाल्नु भयो, भनाभन हुँदै थियो अचानक उहाले पानीको बोत्तल प्रहार गरिन ।”

त्यस बेला कार्यकक्षमा वडा अध्यक्षहरु पनि रहेको र उपाध्यक्ष चौधरीले दुव्र्यवहार गर्न थालेपछि उहाँहरु नै उपाध्यक्ष चौधरीलाई उनको कार्यकक्षमा लगेर राखेको अध्यक्ष जयसवालले बताए । हातपात गरिएको भनेर लगाइएको आरोप गलत रहेको बरु चौधरीले नै आफुसंग दुव्र्यवहार गरेको उनले वताए ।

आफुसंग दुव्र्यवहार गर्ने उपाध्यक्ष चौधरी विरुद्ध कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा गएर उपाध्यक्ष चौधरी विरुद्ध उजुरी दिने पनि अध्यक्ष जयसवालले बताए ।

यता गाउँपालिकाकी उपाध्यक्ष चौधरीले भने आफुलाइ गाँउपालिका अध्यक्षसहित वडा अध्यक्षहरुले कुटपिट गरेर घाइते बनाएको आरोप लगाएकी थिइन । तर गाउँपालिका अध्यक्ष जयसवालले यथार्थ घटना सिटी टिभीमा फुर्टेजमा कैद भएकाे वताए ।

नेपाल पत्रकार महासंघ पर्साकाे सभाहलमा भएकाे पत्रकार सम्मेलनमा प्रमुख प्रशासकिय अधिकृत देवनाथ साह, वडा नं. १ का वडाध्यक्ष विश्वनाथ पटवारी, वडा न‌ं. २ का वडाध्यक्ष नियाज अहमद, वडा नं. ३ का वडाध्यक्ष सलिम मियाँ अन्सारी, वडा नं.  जुमादिन अन्सारी, वडा नं. ५ का वडाध्यक्ष रुपलाल कुमार यादव, वडा नं. ६ का वडाध्यक्ष लालबहादुर यादव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...