Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

जनताकाे काम छाडेर हाकीम सरुवाकाे प्रयासमा कालिकामाईका केही वडाध्यक्षहरु

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाका केही वडाध्यक्षहरु वडाकाे कामकाज छाेडी प्रमुख प्रशासकिय अधिकृतकाे सरुवा गराउनमा व्यस्त देखिएका छन् ।

गाउँपालिकामा १४ महिनादेखी कार्यरत रहेका प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहकाे संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सरुवा गरेर अमित कुमार गिरीलाई पठाएपछि केही वडाध्यक्षहरु वडाकाे कामकाज छाेडी काठमाडाैं पुगेका छन् ।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष राजेश चाैरसिया र वडा नं. १ का वडाध्यक्ष रामशिष यादव वाहेकाे वडाध्यक्षहरु प्रमुख प्रशासकिय अधिकृतकाे सरुवाकाे लागि काठमाडाैं पुगेका हुन् । गाउँपालिकाकाे ४ वटा वडा कार्यालयमा वडाध्यहरु नबस्दा वडाबाट प्रवाह हुने सेवाहरु प्रभावित भएकाे सेवाग्राहीहरुले वताएका छन् ।

गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत गिरी आएकै दिन गाउँ कार्यपालिका कार्यालयकाे दर्ता, चलानी र हाजरी रजिस्टर लुकाएर एक कर्मचारीसहितकाे केही जनप्रतिनिधि काठमाडाैं पुगेका थिए । तर आइतबार प्रमुख प्रशासकिय अधिकृत गिरीले राखेकाे कर्मचारी बैठकमा लुकाईएकाे दर्ता, चलानी र हाजरी रजिस्टर फिर्ता गरेकाे थियाे ।

प्रमुख प्रशासकिय अधिकृत गिरी आए कै दिन गाउँपालिकाकाे दर्ता, चलानी रजिष्टर र हाजरी रिष्टर लुकाएर सरुवा गराउन काठमाडाैं पुगेका वडाध्यक्षहरुकाे नियत प्रति गाउँवासी अशंका गर्न थालेका छन् । केही गलत प्रवृतिका वडाध्यक्षहरुकाे मिलाेमताेमा निति, नियम विपरित काम गर्दै आएका प्रमुख प्रशासकिय अधिकृत साहलाई पुन: गाउँपालिकामा ल्याउन उनीहरुले विभिन्न किसिमकाे प्रयासहरु गरे पनि आइतबार सम्म सफल हुन सकेकाे छैन ।

गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत गिरी आएपछि विगतमा भएकाे भ्रष्टाचारकाे भण्डाफाेर हुने डरले केही वडाध्यक्षहरु त्रसित भएर सरुवा गराउन प्रयासमा लागेकाे गाउँपालिका स्राेतले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...