Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

हरवाचरवा यूवा एक्टिभिजम तथा जनवकालत तालिम शुरु

spot_img
spot_img

वीरगंज । दाशप्रथाको अबशेषको रुपमा रहेको कृषि बधुवा मजदुरः हरवाचरवाको मुक्ति र पुर्नस्थापन संयुक्त आन्दोलनमा हरवाचरवा यूवाहरुको संग्लनता बृद्धी गर्ने उद्देश्यले सिराहाको लहानमा ३ दिने हरवाचरवा यूवा एक्टिभिजम तथा जनवकालत तालिम लहानमा शुरु भएको छ ।

नेपालको परिवर्तित राजनितिक सामाजिक सन्दर्भ, कृषि बधुवा मजदुर सम्बन्धी राज्यका निति तथा कानुन सम्बन्धी हरवाचरवा यूवाहरुको क्षमता अभिबृद्धी गर्न तालिमको आयोजना गरिएको राष्ट्रिय दलित नेटवर्कका जनवकालत अधिकृत रुपनारायण पासवानले बताए ।

३ दिन सम्म चल्ने तालिममा हरवाचरवाका बर्तमान समस्या र सवालहरु पहिचान र प्राथमिकीकरण भई मुक्ति र पुनस्थापन आन्दोलनमा ६ महिने जनवकालत योजना समेत निर्माण हुनेछ । साथै तालिममा अभियान र आन्दोलन सञ्चालनका लागि हरवाचरवा यूवाहरुको भूमिकाबारे छलफल भई स्थानिय, प्रादेशिक र संघीय स्तरमा नितिगत जनवकालत सञ्चालन गर्नका लागि एक्टिभीष्टहरुले चाल्नुपर्ने कदमका बारेमा पनि सामान बुझाई कायम हुनेछ ।

उक्त तालिममा प्रदेश नं. २ का ६ वटा जिल्लाहरु सप्तरी, सिराहा, धनुषा, बारा, पर्सा र रौतहटका ३० जना हरवाचरवा यूवाहरुको सहभागिता रहेको छ ।

द फ्रिडम फण्डको आर्थिक सहयोग, राष्ट्रिय हरवाचरवा अधिकार मञ्चसंगको सहकार्यमा राष्ट्रिय दलित नेटवर्कको आयोजनामा आइतबारदेखि २४ सम्म सञ्चालन हुने तालिमको सहजीकरण द फ्रिडम फण्डका बालाराम भट्टराई, जियाम श्रेष्ठ, भूमिबिज्ञ जगत देउजा, मानवअधिकारकर्मी राजु पासवान र राष्ट्रिय दलित नेटवर्कका टीम लिडर हुकुम सार्कीले गर्नुहुनेछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...