Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेकपा एस पर्साकाे जिल्ला कार्य समितिमा दुई दर्जन थपिए

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पर्सा जिल्ला कमिटीको दोश्रो बैठक आईतवार सम्पन्न भएको छ । पार्टीका जिल्ला अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा बसेकाे बैठकमा वाेल्दै पार्टीका केन्द्रिय सचिव एवं पूर्व मन्त्री नागेन्द्र चौधरीले स्थानिय तहको चुनाव नजिकिदै गईरहेको हुनाले चुनावतर्फ जिल्ला कमिटी सदस्यहरुको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।

पार्टीका संगठन निर्माण र एमसीसी सन्दर्भमा चर्चा गर्दै उनले पार्टीको निर्णय बमोजिम १२ बुंदे व्याख्यात्मक घोषणासहितका एमसीसी संसद्वारा पास भएको बताए । चौधरीले नेपाली कांग्रेस, नेकपा एमाले, लोसपासहितका पार्टीहरुले एमसीसीलाई यथास्थितिमा पास गर्न लागि परे पनि एकीकृत समाजवादीकै पहलमा व्याख्यात्मक घोषणासहितका प्रावधानहरु राखी पास भएको जिकिर गरे ।

बैठकमा अध्यक्ष थापाले राजनीतिक, सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दा जिल्ला कमिटीका सदस्यहरुले सुझाव, सल्लाहसहित पारित गरेका थिए । स्थानिय तहको चुनाव केन्द्रित सो बैठकमा अधिकांश वक्ताहरुले चुनाव पार्टीको पक्षमा पार्न गहन छलफल गर्दै आ–आफ्ना सुझाव बैठक समक्ष राखेका थिए ।

पार्टीको जिल्ला सचिवालयले जिल्लाका करिब दुई दर्जन मेहनती कार्यकर्तालाई जिल्ला सदस्यमा मनोनित गरेकोले सोलाई जिल्ला कमिटीको बैठकले अनुमोदन गरेको थियो । थपिएका जिल्ला सदस्यहरुलाई सचिव चौधरीले सपथग्रहण समेत गराएका थिए ।

बैठकमा पार्टीका पोलिटव्युरो सदस्य एवम् पर्सा जिल्ला ईन्चार्ज रामचन्द्र साह, पोलिटव्युरो सदस्य एवम् वीरगंज महानगर ईन्चार्ज चिरञ्जीवी आचार्य, सांसद डा. पुष्पा कर्ण, केन्द्रिय लेखा आयोगका सदस्य किशोरी कुशवाहा, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी लगायत प्रदेश तथा जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...