Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

निर्माण व्यवसायी संघ पर्साको कार्यालयमा तालाबन्दी

spot_img
spot_img

वीरगंज । नेपाल निर्माण व्यवसायी संघ पर्साको कार्यालयमा निर्माण व्यवसायीहरुले तालाबन्दी गरेका छन् । संघका अध्यक्ष रामाकान्त चौरसियासहितका पदाधिकारीहरुले संघको विद्यान विपरित संघ सचालन गरेको भन्दै आक्रोशित व्यवसायीहरुले शनिबार वीरगंजकाे राधेमाईस्थित कार्यालयमा तालाबन्दी गरेका हुन ।

संघको विद्यान बमोजिम गठन भएको कार्यसमितिको पदावधि तीन बर्ष हुन्छ । निर्वाचित पदाधिकारीहरुले आफनो कार्यअवधि तीन बर्ष समाप्त गरी त्यसको भोली पल्ट निर्वाचन प्रकृयामा गई नयाँ पदाधिकारीहरुको जिम्मा लगाउँने विद्यानको नियम छ । तर अर्को निर्वाचन नै नगरी कार्यालयलाई अस्तव्यवस्थ बनाई थप तीन बर्ष विद्यान विपरित आफनो मनोमानी ढंगले संघ संचालन गरीरहेको व्यवसायीहरुको आरोप छ ।

नियमित कार्यालय संचालन नहुँदा कार्यालयनै अस्तव्यवस्त बनेपछि व्यवसायीहरु आन्दोलित भएका हुन । अध्यक्ष तथा उपाध्यक्ष अध्यक्षको कोठा दुर्गन्धीतसहित अव्यवस्थित बन्दै गएको छ । फाईलहरु जजातै फालिएको छ, कुनै समान व्यवस्थित रुपमा छैन । कोठाभरी माक्रोको जालोले भरिएको छ । शौचालय पनि दुर्गधित छ । कार्यालय व्यवस्थापन नगरेपछि अनिश्चितकाल तालाबन्दी गरिएको व्यवसायी आलम देवानले बताए ।

उनले भने, ‘पियुनको भरमा कार्यालय संचालन हुदैन । एक त पदाधिकारीहरुको समावधि समाप्त भईसकेको छ, नत उनीहरु कार्यालयमा आउँछन, त कुनै कार्यालयको काम नै गर्छन । जबरजस्ती आफनो कोठामा कार्यालय सचालन गरीरहेका छन, जुन विद्यान विपरित हो ।’

निर्माण व्यवसायीहरुको हकहितको लागि भव्य रुपमा भवन निर्माण गरी संस्था खडा गरेका थियो । संघका पूर्व अध्यक्ष साबिर अंसारी भने, ‘वर्तमान अध्यक्ष रामाकान्त चौरसियाले मनोमानी रुपमा संघ संचालन गरीरहेका छन, हामी व्यवसायीहरु आपसी छलफल गरेर निर्वाचन गर्ने प्रकृयामा लागेका छौ ।’

अर्का व्यवसायी संजय पटेल पनि संघका पदाधिकारीहरुले कार्यशैली ठिक नरहेकोले त्यसको विरोधमा तालाबन्दी गरेको बताए । कार्यसमितिको तीन बर्ष अवधि हुदाँ हुदैपनि व्यवसायीको हकहितमा काम नगरेको उनको आरोप छ ।

कार्यअवधि समाप्त हुँदा पनि पदाधिकारीहरुले आफनो घरमा बसेर महाधिवेशन प्रतिनिधि पठाउँने देखि लिएर अन्य विद्यान विपरित गतिविधि गर्दै आएको उनको आरोप छ । संघका पूर्व अध्यक्ष मोहन यादवले समेत अध्यक्ष रामाकान्त चौरसिया पदाधिकारी माथि प्रश्न चिन्ह खडा गरी असम्बैधानिक रुपमा संघ संचालन गरीरहेको आरोप लगाए ।

उनले भने,‘ निर्माण व्यवसायीको सम्मान गर्न नसकेको, कर्मचारीको तलब दिन नसकेको क्षमता नभएका कारण संस्थामा संस्थाका पदाधिकारीहरुले बेईमानी शुरु गरेका छन ।’ बाहिरको टेन्डर बाहिर मिलाउँने र त्यसको कमिशन एक आपसमा भागभण्डा गर्न थालेपछि यसको दुरदर्शा भएको हो । संस्थामा हैकमवादी चलाउँन खोजेको उनको आरोप समेत छ ।

संस्थाका सदस्यलाई कसैले सम्मान गर्न सकेन भने, त्यस्ता पदाधिकारीलाई गेटबाट बाहिर निकालेर नयाँ कार्यसमिति चयनको लागि आवश्यक प्रकृया अगाडी बढाउँने छौ । संघका अध्यक्ष रामाकान्त चौरसिया र सचिव सुरेश पटेलको प्रतिकृया लिन खोज्दा सम्पर्कमा आउँन सकेनन् ।

निर्माण व्यवसायी संघको विद्यान अनुसार कुनै कारणवंश निर्वाचन हुने अवस्था नभएमा बढीमा ३ महिनाको लागि सोहि कार्यसमितिले कार्यसंचालन गर्ने छ । तीन महिना समाप्त भएको मिति देखि सम्पूर्ण कार्य समितिका पदाधिकारी एवं सदस्यहरु स्वतः खारेज हुने छन र त्यसको सम्पूर्ण अधिकार आर्थिक कारोबार संचालन समेत कार्यको जिम्मेवारी सोहि अवधिमा मनोनयन भएका सल्लाहकारको जिम्मा हुने छ ।

सल्लाहकारले ९० दिन भित्रमा कार्य समितिका पदाधिकारी एवं सदस्यहरुको निर्वाचन गराई जिम्मेवारी हस्तान्तरण गर्नु पर्ने विद्यानमा उल्लेख छ । सोहि अनुसार नयाँ कार्यसमिति चयनको लागि संघका पूर्व पदाधिकारीहरुलाई बाईपास गरेर नयाँ कार्यसमिति चयनको लागि चुनावको प्रकृया अगाडी बढाउँने व्यवसायीहरुले जनाएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...