Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

समाजवादी प्रेस सङ्गठनको विस्तारित बैठक चैत १२ गते बस्ने

spot_img
spot_img

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय विस्तारित बैठक तयारी गर्न मूल आयोजक समिति गठन गरिएको छ ।

सङ्गठनका इन्चार्ज जगन्नाथ खतिवडाको उपस्थितिमा तथा सङ्गठनका अध्यक्ष श्रेष्ठको सभापतित्वमा बिहिबार सम्पन्न पदाधिकारी बैठकले आगामी चैत १२ गते काठमाडौँमा गर्न लागिएको विस्तारित बैठकको तयारीका लागि सो समिति गठन गरेको हो ।

सङ्गठनका सबै विभागका प्रमुखलाई सम्बन्धित सदस्यसँगको परामर्श गरी विधागत कार्ययोजना एक हप्ताभित्र बुझाउन जिम्मेवारी दिइएको छ । बैठकले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रचार विभाग प्रमुखसमेत रहनुभएका खतिवडा हालै ग्लोबल अर्गानाइजेशन अफ पार्लियामेण्टेरियन्स एगेन्सट करप्सनको ‘ग्लोबल डाइरेक्टर’ पदमा नियुक्ति हुनु भएकोमा बधाई एवं सफल कार्यकालको शुभकामना प्रस्ताव पारित गरेको छ ।

यही फागुन महिनामा सबै जिल्ला समिति गठन गर्न निर्देशन दिएको बैठकले विस्तारित बैठकपछि प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको सङ्गठनका उपाध्यक्ष शन्तराम विडारीले जानकारी दिनुभयो । मूल आयोजक समितिको बैठक शुक्रबार बस्ने भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...