Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

नेका पर्सागढी नगर सभापतिमा विश्वमाेहन विजयी

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्सागढी नगरपालिकाकाे सभापतिमा विश्वमोहन दास थारु विजयी भएका छन् । कांग्रेसकाे १४ औं अधिवेशन अन्तर्गत नगर समिति चयकाे लागि शनिबार भएकाे निर्वाचनमा सपभाति थारुसहित उनकाे प्यानल विजयी भएकाे हाे ।

संस्थापन पक्षका उम्मेदवार थारु ८६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सभापतिका अर्का उम्मेदवार घनश्याम प्रसाद चाैधरीले ५६ मत ल्याएका थिए ।

नगर उपसभापतिमा आत्माराम अधिकारी ८० मत र अच्छेलाल प्रसाद यादव ८२ मत ल्याएर विजयी भएका छन् । अक्राे प्यानलका उप सभापतिका उम्मेदवार मनोज दास थारु ५५ र देवकी साह ४२ मत पाएका छन् ।

त्यस्तै सचिवमा भुमा अधिकारी ८७ मत र अर्जुन गिरी ७५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दीहरु विनोद साहले ५२ र मीना कुमारीले ५६ मत पाएका छन् ।

त्यसैगरी सहसचिवमा रामसुनर महतो ८६ र सुकदेव दास ७५ मत ल्याएर विजयी भएका छन् । उनीहरुकाे निकटम प्रतिद्वन्दी मीरा चौधरीले ५९ र जितेन्द्र चौधरीले ५४ मत ल्याएका छन् ।

यस्तै खुला सदस्यतर्फ नगिना कुर्मी ८८, हरिशंकर अहिर ८१, आदिवासी जनजातिमा रामाकान्तीदेवी ८५ मत ल्याएर विजयी भएका छन् । दलित पुरुषमा भोला राम ११७ मत, कन्हैया हजरा दुसाध ६९ मत, मुस्लीम जोश महम्मद ७१ मतले ल्याएर विजयी भएका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...