Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

नेका पर्सागढी नगर सभापतिमा विश्वमाेहन विजयी

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्सागढी नगरपालिकाकाे सभापतिमा विश्वमोहन दास थारु विजयी भएका छन् । कांग्रेसकाे १४ औं अधिवेशन अन्तर्गत नगर समिति चयकाे लागि शनिबार भएकाे निर्वाचनमा सपभाति थारुसहित उनकाे प्यानल विजयी भएकाे हाे ।

संस्थापन पक्षका उम्मेदवार थारु ८६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सभापतिका अर्का उम्मेदवार घनश्याम प्रसाद चाैधरीले ५६ मत ल्याएका थिए ।

नगर उपसभापतिमा आत्माराम अधिकारी ८० मत र अच्छेलाल प्रसाद यादव ८२ मत ल्याएर विजयी भएका छन् । अक्राे प्यानलका उप सभापतिका उम्मेदवार मनोज दास थारु ५५ र देवकी साह ४२ मत पाएका छन् ।

त्यस्तै सचिवमा भुमा अधिकारी ८७ मत र अर्जुन गिरी ७५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दीहरु विनोद साहले ५२ र मीना कुमारीले ५६ मत पाएका छन् ।

त्यसैगरी सहसचिवमा रामसुनर महतो ८६ र सुकदेव दास ७५ मत ल्याएर विजयी भएका छन् । उनीहरुकाे निकटम प्रतिद्वन्दी मीरा चौधरीले ५९ र जितेन्द्र चौधरीले ५४ मत ल्याएका छन् ।

यस्तै खुला सदस्यतर्फ नगिना कुर्मी ८८, हरिशंकर अहिर ८१, आदिवासी जनजातिमा रामाकान्तीदेवी ८५ मत ल्याएर विजयी भएका छन् । दलित पुरुषमा भोला राम ११७ मत, कन्हैया हजरा दुसाध ६९ मत, मुस्लीम जोश महम्मद ७१ मतले ल्याएर विजयी भएका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...