Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

अभिनेता पल शाह पक्राउ

spot_img
spot_img

अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् ।  जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ।  

यसअघि शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका थिए । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । त्यसयता उनी फरार रहँदै आएका थिए । 
आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताएका थिए । 

‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका थिए, ‘नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरी सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’

शाहविरुद्ध अभियोग पुष्टि भएमा १० देखि १२ वर्षसम्म जेल सजाय हुनेछ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...